‘क्याप’ का मुख्य संयोजक गनेश राई तमू लोछारमा

IMG-20231228-WA0004.jpg

गान्तोक: सिटिजन एक्शन पार्टी सिक्किमका मुख्य संयोजक गणेश राई आज गुरुङ तमु लोछार उत्सवमा सहभागी बन्न तुमिन लिङ्गी समष्टिअन्तर्गत सुमसी गाउँ पुगे। मुख्य अतिथिको रूपमा पुगेका राईले खाद्य महोत्सव तथा भलिबल प्रतियोगितामा भाग लिए। उनले तमु लोछारको जीवन्त सांस्कृतिक उत्सव, अन्तर्गत स्वादिष्ट खानपानको पनि स्वाद लिए। प्रमुख अतिथिको रुपमा राईले समुदायको समृद्ध सांस्कृतिक पर्वको प्रशंसा गरे र एकता र सद्भावको भावनालाई प्रोत्साहित गरे। राईसँग पार्टीका नेता तारा गुरुङ पनि सहभागी भएका थिए। साथै प्रशान्त बाबु छेत्री, एमबी लिम्बू, बिना शर्मा, किरण जिम्बा, आरके कटवाल, केएन तिवारी पनि सामेल थिए। प्रमुख संयोजकले चाडपर्वको महत्वमा जोड दिँदै प्रशंसा व्यक्त गरे। सिक्किमको जीवन्त परम्पराको संरक्षण गर्ने विविध सांस्कृतिक परम्पराहरूको संरक्षण र प्रवर्द्धन गर्ने सल्लाह पनि दिए। सिटिजन एक्शन पार्टीले सामुदायिक कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन र समर्थऩ कार्य जारी राखेको छ।

About Author

Advertisement