मिरिक: श्रावण महिना शुरू भइसकेकाे छ। श्रावण महिना विशिष शिवभक्तहरूकाेलागि महत्त्व राख्ने हुनाले श्रावण महिनाभरि नै यहाँकाे शिवधामहरूमा भक्तहरूकाे भीड देखिन्छ। श्रावण महिनाकाे दाेस्राे साेमबार मिरिककाे विभिन्न शिवधामहरूमा भक्तहरूकाे भीड देखियाे भने भक्तहरूले श्रद्धा अनि भक्तिकाे साथमा भगवान शीवकाे लीङ्गमा जलार्पण गरे अनि भक्तिभावसित पूजा अर्चना गरे। यहाँकाे हाेम डाँडा शिवधाम, महादेवटार शिवधाम, साैरेनी मनाकामेश्वर शिवधाम आदि ठाँउमा श्रावणकाे पहिलाे साेमबार शिवभक्तहरूकाे भीड देखियाे भने भक्तहरूले खुल्ला ह्रदयले भाेलेनाथकाे पूजा अर्चना गरे। साैरेनी मनाकामेश्वर शिवधामका पुजारीले विगत बर्षहरूमा काेविडकाे कारण शिवधाममा सामान्य पूजा अर्चना भएपनि यसवर्ष स्थिति साम्य भएकाेले श्रावण महिनाभरि शिव पूजा गरिने जसमा भक्तहरूकाे बाक्लाे उपस्थिति रहने प्रबल सम्भावना रहेकाे बताए।तिनले श्रावण महिनाकाे दाेस्राे साेमबार शिवधाममा भक्तहरूकाे उपस्थिति सन्ताेष जनक रहेकाे अनि भक्तहरूले श्रद्धा अनि भक्तिकाे साथमा पुजा अर्चना गरेकाे बताए।