दुर्गम पोखरी गाउँमा दैलोमा सरकार शिविर

7a7693f5-7468-448e-ace7-3531b810eb98

कालचिनीःआठौँ चरणको दैलोमा सरकार शिविर सम्पन्न भईरहेको क्रममा बुधबार कालचिनी खण्डको दुर्गम बक्साद्वार पहाड़को आदमा संलग्न तोरीबारी पोखरी गाउँमा राजाभातखावा ग्राम पञ्चायतको देखरेखमा दैलोमा सरकार शिविर सम्पन्न भएको देखियो। कालचिनी ब्लक प्रशासनको निर्देश औ राजाभातखावा ग्राम पञ्चायतको देखरेखमा पोखरी तोरीबारी गाउँमा प्रायः ४० घर आदिम डुक्पा परिवार लाभान्वित भएको राजाभातखावा ग्राम पञ्चायतका प्रधान सोनम जाङमो डुक्पाले जनाएकी छन्।
शिविरमा गाउँलेहरूको एसटी प्रमाणपत्र, रासन कार्ड, वृद्धा भत्ता, कृषक बन्धु आदि प्रकल्पको आवेदन जमा गरिएको बताईएको छ।
यता गाउँले महिला सोनम डुक्पाले शिविर गाउँमा आएकोले गाउँलेहरू घनघोर जंगल काटेर कालचिनी बीडीओ कार्यालय वा राजाभातखावा ग्राम पञ्चायतमा धाउन नपर्ने बताएकी छन्। दुर्गम बक्साद्वार पहाड़को १४ वटा गाउँलेहरूको सुविधाको निम्ति यो शिविर चल्ने राजाभातखावा ग्राम पञ्चायतको सरकारी कर्मचारी ब्रह्मलाल दासले जनाएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *