विश्वविद्यालय अनुदान आयोग (युजीसी)ले एमफिल प्रोग्राम बन्द गरेको छ। युजीसीले अब विद्यार्थीहरूलाई यस पाठ्यक्रममा प्रवेश नगर्न सतर्क गराएको छ, किनकि यो अब मान्यता प्राप्त डिग्री छैन। आयोगले केही विश्वविद्यालयले एमफिल (मास्टर अफ फिलोसोफी) कार्यक्रमका लागि नयाँ आवेदन आह्वान गरिरहेको, तर यो डिग्री बन्द गरिएको बताएको छ। युजीसी ले ७ नोभेम्बर २०२२ मा भारतको राजपत्रमा प्रकाशित विश्वविद्यालय अनुदान आयोग (पीएचडी डिग्रीको अवार्डको लागि न्यूनतम मापदण्ड र प्रक्रियाहरू) नियमावली, २०२२ बनाएको जानकारी दिइएको छ’, युजीसीले भनेको छ। शैक्षिक वर्ष २०२३-२४ का लागि एम.फिलमा भर्ना रोक्न तत्काल कदम चाल्न पनि विश्वविद्यालयका अधिकारीलाई निर्देशन दिइएको छ। युजीसी सचिव मनिष जोशीले भने, ‘केही विश्वविद्यालयहरूले एम.फिलको लागि नयाँ आवेदनहरू आह्वान गरिरहेको जानकारी आएको छ। यस सन्दर्भमा, यो ध्यानमा ल्याइन्छ, एम.फिल डिग्री मान्यता प्राप्त डिग्री होइन। युजीसी नियमन (पीएचडी डिग्रीको न्युनतम मापदण्ड र प्रक्रियाहरू) नियमावली २०२२ को नम्बर १४ ले उच्च शिक्षा संस्थाहरूले एम.फिल प्रदान गर्ने छैन भनेर स्पष्ट रूपमा बताउँछl’









