राष्ट्रिय स्तरमा भलिबल खेलेर फर्किए मिरिकका छाेरीहरू

IMG-20231227-WA0249.jpg

मिरिक: मिरिक लुविस अंग्रेजी स्कूलका दुई विद्यार्थीहरू अतुल्य प्रधान अनि मन्जुश्री तामाङ उडिसा राज्यकाे भुवनेश्वरमा भएकाे राष्ट्रिय स्तरकाे भलिबल प्रतियोगितामा सहभागिता जनाएर आज मिरिक फर्किएका छन्। उनीहरूलाई आज मिरिकमा खेल प्रेमीहरूले स्वागत जनाएका थिए। अतुल्य प्रधान लुविस अंग्रेजी स्कूल भलिबल दलका कप्तान हुन् भने मन्जुश्री तामाङ दक्ष खेलाडी हुन्। मिरिक आएपछि दुवै खेलाडीले राष्ट्रिय स्तरमा भलिबल खेल्न पाउनु अति खुशी लागे पनि धेरै अनुभवकाे कमी महशुस गरेकाे बताएका छन्।उनीहरूले काेच आनन्द जाेहाेनप्रति आभार प्रकट गर्दै लुविस अंग्रेजी स्कूलका शिक्षक शिक्षिकावर्ग अनि अभिभावकहरू पनि हाम्रा प्रेरणाकाे स्राेत हुन् भनी बताएका छन्। अतुल्य प्रधानका पिता अजम प्रधानले अक्टाेबर महिनामा लुविस अंग्रेजी स्कूलका महिला भलीबल टाेली तामिनाडुमा भएकाे भलिबल प्रतियोगितामा भाग लिन पुगेकाे जहाँ दुईजना राष्ट्रिय स्तरकाे प्रतियोगितामा भाग लिनकाे लागि छनौट भएपछि नै उनीहरूले भुवनेश्वरमा खेल्ने अवसर पाएका बताए। छाेरीहरूकाे याे उपलब्धिप्रति धेरै खुशी लागेकाे पनि उनले बताए।

About Author

Advertisement