वर्तमान एसकेएम सरकारले छोटो समयमा धेरै काम गरेको छः मन्त्री खरेल
गान्तोक: राज्यका सामाजिक न्याया एवम कल्याण विभाग मन्त्री मञ्जीत खरेलले पेलिङमा आजदेखि शुरू भएको कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिवलको उदघाटन गरे। पे पेलिङ टुरिज्म डेभलोपमेन्ट एसोसिएशन (पीडीटीए) द्वारा लिङको खेल मैदानमा आयोजना भएको यस फेस्टिवलको उदघाटनको अवसरमा मन्त्री खरेलले म्याराथन दौड प्रतियोगिता, मोटर बाइकिङ र मोटर साइकल राइडलाई झण्डा देखाएर प्रस्थान गराए। मुख्य अतिथिकोरूपमा उपस्थित मन्त्री खरेलले त्यहाँ प्रदर्शनी साथै बिक्रीको निम्ति लगाइएको स्टलहरूको पनि निरीक्षण गरेको जानकारी गराएको छ। मुख्य अतिथिको आसनवाट बोल्दै मन्त्री खरेलले वर्तमान सरकारले पर्यटनको क्षेत्रमा लगातार काम गरिरहेको जानकारी गराए। मुख्यमन्त्री प्रेम सिंह तामाङको सकारात्मक सोंच कारण मेघा होम स्टेलाई स्वीकृति सकेको बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन हुन साथ कोभिड 19 जस्तो विश्वमहामारी रोगले दुई वर्ष केही काम गर्ने दिएन। कोविड सामान्य हुँदै गएपछि सरकारले विभिन्न क्षेत्रमा काम गर्दै राज्यलाई अघि बढाइरहेको समयमा अचानक जल प्रलय भएको कारण पर्यटन क्षेत्रलाई ठूलो क्षति भएको बताए। उनले वर्तमान सरकारले छोटो समयमा गरेको विकासको कामहरूबारे सबैलाई जानकारी गराए। यस क्रममा आयोजक समितिका प्रमुख संरक्षक एवम मन्त्री भीमहाङ सुब्बाले यो पर्यटन महोत्सव धेरै वर्षदेखि पालन गर्दै आइरहेको भएता पनि पूर्व सरकारले केही सहयोग नगरेको किटान गरे। तर वर्तमान सरकारले विभिन्न प्रकारको सहयोग पुऱ्याउँदै यस उत्सवलाई अघि बढाउने काम गरेको बताए। उनले पेलिङलाई पर्यटनको क्षेत्रमा अझ विकास गर्नेको निम्ति यहाँ रोपवे, केवल कार, चिल्ड्रेन पार्क जस्तो पूर्वधारको निर्माण कार्य युदधस्तरमा भइरहेको अवगत गराए। मन्त्री सुब्बाले याङथाग क्षेत्रमा वर्तमान सरकारको समय अवधिमा गरेको विकासमाथि पनि प्रकाश पारेका थिए। सोही प्रकारले आयोजक समितिका अध्यक्ष नारायण खतिवडाले यस महोत्सवको बिस्तृत जानकारी दिँदै सिक्किममेली समाजको एकता भाइचारा कायम राख्न र पर्यटकहरूले राज्यका विभिन्न समुदायहरूले स्थापना गरेका स्टलहरूमा उपलब्ध परम्परागत खाद्यको आनन्द उठाउन सकोस् भन्ने उद्देश्येले पेलिङमा प्रत्येक वर्ष यस प्रकारको पर्व पालन गरिएको बताए। उनले पर्यटन व्यवसायको निम्ति विशेष सडक मार्गहरू उचित हुनु जरुरी रहेको बताउँदै कोभिड साथै जलप्रलयको कारण पर्यटन व्यावसायमा धेरै नोक्सान भएको पनि बताए।उनले पेलिङलाई पर्यटनको क्षेत्रमा अघि बढाउने टुर एन्ड ट्राभल्सलाई पनि यस वर्ष सम्मान गर्ने अवसर पाएको र देशको विभिन्न स्थानका प्रतिनिधिहरूलाई निमन्त्रणा गरेको जनाए।उनले पेलिङकको ऐतिहासिक पृष्ठ भूमिमाथि पनि प्रकाश पारे।