काेचबिहारमा दुर्लभ प्रजातिको कछुवा उद्धार

Capture3-14.png

काेचबिहार: काेचबिहाररमा दुर्लभ प्रजातिको कछुवा उद्धार भएको छ। काेचबिहारको १९ नम्बर वार्ड निवासी प्रीतम दास कालीघाट घोरमारा इलाकामा घुम्न गएको समय एकजना व्यक्तिले कछुवा बेचिरहेको देखे। त्यहीँ समय तिनले उक्त व्यक्तिबाट १०० रुपियाँमा कछुवा किनेर घरमा ल्याएका थिए। यसपछि तिनले स्थानीय मोहन रक्षा कमिटीलाई यसबारे जानकारी दिए। मोहन रक्षा कमिटीका सदस्य तथा वन विभागका कर्मीहरू आज युवकको घरमा आएर उक्त कछुवा उद्धार गरेर लगेको बताइएको छ। सबैले युवको उक्त कार्यको सराहना गरे। यस सम्बन्धमा मोहन रक्षा कमिटीका महासचिव रञ्जन शीलले भने, यस प्रकारको कछुवा विशेष गरेर पाइँदैन। प्रितमले निकै सराहनीय कार्य गरेको छ। यदि सबैको यस्तै मानसिकता भए हामीले दुर्लभ प्रजातिको कछुवाहरूलाई बचाउन सक्छौँ। उद्धार गरेको कछुवाको जाँच गरेपछि सटीक ठाउँमा छोडिदिने वन विभागका कर्मी दुलाल दासले बताए।

About Author

Advertisement