नाम्ची: नाम्ची जिल्लाअन्तर्गत लुङचाेककाे सन्त जाेसेफ चर्चमा क्रिसमस उत्सव भव्यरूपमा पालन गरियाे। उक्त चर्च जिर्ण अवस्थामा रहेकाे हुँदा मुख्यमन्त्री पीएस तामाङले चर्चका मण्डलीकाे मागअनुरूप दस लाख रूपियॉं प्रदान गरेका थिए। नगद रकम प्राप्त भएपछि साे चर्चकाे अवस्थामा धेरै सुधार आएकाे छ।
यसकाे लागि चर्चका मण्डलीले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिएका छन्। कार्यक्रममा एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत, जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, जाेरथाङ-नयाँ बजार नगर पञ्चायतका अध्यक्ष पवित्र मानव, सीएलसी अध्यक्ष दिलकुमारी छेत्री आदिकाे उपस्थिति रहेकाे थियाे।