कोलकाताः पश्चिम बंगालमा सरकारी र सहायता प्राप्त प्राथमिक विद्यालयहरूमा शिक्षकहरूको भर्तीको निम्ति शिक्षक पात्रता परीक्षा (टीईटी) सुचारू रूपमा सम्पन्न भयो। आइतवार भएको यस परीक्षाको सम्बन्धमा सोमवार शिक्षा विभागको तर्फबाट जानकारी गराइय़ो, ७४३ परीक्षा केन्द्रहरूमध्ये कतैबाट पनि कुनै अप्रिय घटनाबारे सूचना पाइएको छैन। शिक्षा विभागका एक वरिष्ठ अधिकारीले यो जानकार दिए।
पश्चिम बंगाल प्राथमिक शिक्षा बोर्डका अध्यक्ष गौतम पालले प्रश्न पत्र लीकका खबरहरूलाई खारेज गर्दै भने, बोर्डलाई बदनाम गर्ने उद्देश्यले यस्ता आरोपहरू लगाइएको हो। दिउँसो परीक्षा शुरू भएपछि ओएमआर शीटको एउटा हिस्सा व्हाट्सएपमा प्रसारित गरिएको खबर थियो तर यी खबरहरू झूठा हुन्। कुनैपनि केन्द्रमा एउटै पनि घटना भएन। छात्रहरू बिहान ११ बजी परीक्षा केन्द्रमा पसे औं उनीहरूको मोबाइल फोन लिइयो। पालले भने, यस्ता खबरहरू अज्ञात व्यक्तिहरूद्वारा बोर्डलाई बदनाम गर्ने प्रय़ासहरू हुन्।
प्राथिक बोर्डका एक अन्य अधिकारीले भने, परीक्षामा तीन लाखभन्दा धेरै अभ्यर्थीहरू सामेल भए। यो परीक्षा ११ हजारभन्दा धेरै रिक्त पदहरूलाई भर्न लगातार दोस्रो वर्ष आयोजित गरियो। पाँच वर्षको अन्तरालपछि टीईटी दिसम्बर २०२२ मा आय़ोजित गरिएको थियो। भर्ती प्रक्रियामा कथित अनियमितताहरूलाई लिएर वर्ष २०१४ को टीईटी परिणाम विवादहरूमा घेरिएको थियो र कलकत्ता उच्च न्यायालयको आदेशमा केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) द्वारा जाँच जारी छ।
-हिस