विधायक डीटी लेप्चाले गैर कानुनीरूपमा जमीन अतिक्रमण गर्न प्रोत्साहन गर्दैछन् – मन्त्री कर्मा लोडे भोटिया

गान्तोक: राजधानीस्थित क्योङसालामा आज विरूवा रोपन साथै सचेतना कार्यक्रम आयोजना गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यका वन विभाग मन्त्री कर्मा लोडे भोटिया रहेका थिए। उक्त अवसरमा मन्त्री भोटिया साथै विभागका अधिकारीवर्गले सडक किनारमा विभिन्न प्रजातिको विरूवा रोपे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रीले यस क्षेत्रमा विशेष गरेर गुराँसको विरूवा रोप्नु पर्ने सुझाउ दिए। हाल राज्यमा धुपीको रूखहरू धेरै भएको कारण अब धुप्पीको विरूवा नरोपेर अन्य प्रजातिको विरूवा रोप्नु पर्ने सुझाउ दिए। धुप्पीको रूख रोपेको स्थानमा अन्य कुनै पनि प्रजातिको विरूवा बाँच्न नसक्ने साथै उक्तरूखको कारण जमीन दुलो पर्ने भएकोले अधिक मात्रमा पैर्हौ जाने सम्भावना रहेको बताए। यसै क्रममा प्रसङ्ग फेर्दै मन्त्री भोटियाले

भारतीय जनता पार्टीका विधायक डीटी लेप्चाले गैर कानुनीरूपमा जमीन अतिक्रमन गर्न प्रोत्साहन गरिरहेको मन्त्री कर्मा लोडे भोटियाले आरोप लगाए। एसकेएम पार्टी एनडीएको घटक दल हो, भने यो सरकार विधायक डीटी लेप्चाको पनि हो। तर उनले यो सरकार केवल एसकेएम पार्टीको रहेको बताएर आफूलाई एसडीएफ पार्टीको विधायककोरूपमा प्रमाणित गरेको दावी गरे। एसकेएम पार्टी सरकारमा छ तर सरकारमा छ भन्दामा नै मनमानी गर्न नहुने बताए। हामी सरकारमा भएको कारण मनमानी नगरेर उदारण प्रस्तुत गर्नुपर्ने जानकारी गराए। उनले धेरै वर्षदेखि वन विभागको जमीनमा बसोबासो गर्दै आइरहेका मानिसहरूलाई सरकारको तर्फबाट न्याय दिने पनि बचन दिए। तर विधायक लेप्चाले यस क्षेत्रका मानिसहरूलाई दीगभ्रमित तुल्याएको आरोप लगाए। विधायक लेप्चाले जताततै बोलेर स्थानीयहरूलाई सरकारको विरोधमा कुरा गरेर बदनाम गराउने कोशिष गरिरहेको आरोप लगाए।यसरी नै केही महिनादेखि इप्का कम्पनीको जमीन विवादलाई लिएर धर्ना प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूलाई मन्त्रीले विभागको आँखा खोलिदिएकोमा धन्यवाद दिए। यस घटनाको जानकारी पाउनसाथ विभागले घटनास्थलको निरीक्षण गर्ने क्रममा वास्तवमा नै वन विभागको जमिन अतिक्रमण गरेको थाह लागेको बताए। तर उक्त जमीनको अतिक्रमण पूर्व सरकारको कार्यकालमा नै भएको छानबीनको क्रममा पुष्टी भएको मन्त्रीले जानकारी गराए। अब धरना प्रदर्शनकारीहरूले दक्षिण जिल्लाको जिल्लापालकोमा गएर विस्तृत रिपोर्ट लिन सक्ने साथै अन्य कुनै ठाउँमा विभागको जमीन अतिक्रमण भएको छ भने विभागलाई जानकारी गराउनु पर्ने सुझाउ दिए। यसका साथै उनीहरूले भू- राजस्व विभागमा गएर जमीनको कागज पत्र जाँच गरेर विभागलाई साथै सरकारलाई सहयोग पुऱ्याउने पनि सुझाउ दिएका छन्। अब खोज्दै जाँदा धेरै ठाउँमा विभागको जमीन अतिक्रमण भएको थाह लागेको छ। तर यी सबै पूर्व सरकारको कार्यकालमा भएकोले खोजी गर्ने काम पनि प्रदर्शनकारीहरूको रहेको छ। यति धेरै वर्षसम्म किन खोजी गरेन भन्दै उनले प्रश्न तेर्साए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *