‘भ्वाइस अफ नेपाल’मा अन्तिम आठ प्रतिस्पर्धी छनोट, बाहिरिए प्रशान्त र अश्विन

Screenshot_20231224_164137_Google.jpg

काठमाडौं: ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा अन्तिम आठको समीकरण तयार भएको छ। पछिल्लो सप्ताहन्तका एपिसोडबाट प्रशान्त शिवाकोटी र अश्विन राई प्रतिस्पर्धाबाट बाहिरिए। अन्तिम आठमा कोच प्रमोद खरेलको समूहबाट तेन्जिङ डोल्मा गुरुङ र नोगेन लिम्बु, कोच मिलन नेवारको टीमबाट विनोद राई र ट्रिजा प्रधान, कोच राजेशपायल राईको टीमबाट मकरबहादुर योञ्जन र मोनिका राई, कोच उदय सोताङको टीमबाट कुमार प्रयास र विवेक बस्नेत पुगेका छन्।
पछिल्लो साताको भोटिङमा कम मत ल्याएपछि प्रशान्त र अश्विन बाहिरिएका हुन्। अन्तिम आठमा छनोट भएकाहरुको भोटिङ खुला भएको जनाइएको छ। लाइभ राउण्ड निकै रोमाञ्चक देखिएको छ ।चार फाइनलिस्टले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीबाट शुक्रबार र शनिबार बेलुका ८ बजे प्रसारण हुँदै आएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *