खरसाङ: पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संगठन विघटन गरी भागोप्रमोको भातृ संगठनको रूपमा रहेको हिल तराई प्राथमिक शिक्षक संगठनमा सामेल भएका छन्।खरसाङ महकुमा अन्तर्गत गाडीधुरा सार्वजनिक भवनमा
पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संगठनको एक सभा सम्पन्न भयो। उक्त सभामा नै पश्चिम बंगाल तृणमूल प्राथमिक शिक्षक संगठन विघटन गरी यस संगठनका सम्पूर्ण शिक्षक शिक्षिकागण आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई प्राथमिक शिक्षक संगठनमा पूर्ण समर्थन जनाउँदै सामेल भएका छन्।
आजक यस समर्थन कार्यक्रममा जीटीएको डेपुटी चेयरम्यान तथा शिक्षा विभागको भारप्राप्त कार्यकारी सभासद राजेश चौहान, जीटीएको कार्यकारी सभासद सतीश पोखरेल, पंखाबारी अम्बटे लंगभ्यू समष्टिका कार्यकारी सभासद कल्पना प्रधान, सभासद परेस तिर्खी अनि जीटीए चिफ् पीआरओ एसपी शर्मा अनि शिक्षक शिक्षिकागण उपस्थित रहेका थिए।










