काठमाण्डौं/अयोध्या: अयोध्यामा भगवान श्रीरामको भव्य मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रमको लागि माता सीताको माइत जनकपुरधामदेखि ‘भार’ पठाइनेछ। मिथिला परम्परा अनुसार यस ‘भार’-लाई जनकपुरधामस्थित जानकी मन्दिरको नेतृत्वमा समर्पित गरिनेछ। सो जानकारी जानकारी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दासले दिएका हुन्।
उनले ‘भार’- मा सामेल हुनका लागि जनकपुरधामवासीहरूलाई आह्वान गरेका छन्। इच्छुक मानिसहरूले आफ्नो ‘भार’ आगामी ३ जनवरीसम्ममा जानकी मन्दिरमा जम्मा गराउन सक्नेछन्। ‘भार’- को रूपमा ५१ प्रकारका मिठाइ, दही, मखाना, वस्त्र, आभूषण, चाँदीको वर्तन आदि सामग्री अयोध्या पठाइनेछ।
महन्त राम रोशन दासले बताए, ‘भार’ पैदला यात्राको निमित्त ११०० जना मानिसहरूको समिति गठन गरिएको छ। यो यात्रा जानकी मन्दरिका प्रमुख महन्त राम तपेश्वर दासको नेतृत्वमा आगामी ४ जनवरीको दिन जनकपुरधआमबाट प्रस्थान गर्नेछ। बीरगञ्जमा पुगेर रात्रि विश्राम गरेपछि आगामी 5 जनवरीमा अयोध्या तर्फ प्रस्थान गर्नेछ। त्यसपछि आगामी जनवरीमा श्रीराम जन्मभूमि ट्रष्टको तत्वावधानमा आयोजना हुने भव्य कार्यक्रममा यस ‘भार’-लाई समर्पित गरिनेछ। जानकारी मन्दिरका महन्तलाई आगामी २२ जनवरीमा आयोजना भइरहेको प्राण प्रतिष्ठा समारोहमा सहभागी बन्नका लागि निम्तो प्राप्त भएको छ।