अल सिक्किम क्रिश्चियन युथ फेलोशिपले मिन्तोकगाङमा खेल्यो क्यारोल

IMG-20231225-WA0005.jpg

गान्तोक: अल सिक्किम क्रिश्चियन युथ फेलोशिपको पहलमा आज मुख्यमन्त्रीको सरकारी निवास मिन्तोकगाङमा इशायी समुदायको महान पर्व क्रिसमस पर्व पालन गरियो। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण राईको पनि उपस्थिति रहेको थियो।

मुख्यमन्त्रीको उपस्थितिमा अल सिक्किम क्रिश्चियन युथ फेलोशिपले क्यारोल पनि प्रस्तुत गऱ्यो। रेभ मार्शल गुरूङ प्रति कृतज्ञता व्यक्त गर्दै मुख्यमन्त्री तामाङले ईश्वरको वचन सुनाएकोमा चर्च अफ गॉडका मार्शल गुरुङले कार्यक्रममा रमाइलो र न्यानोपन ल्याएको बताए।

कार्यक्रममा मन्त्री एलएन शर्मा, सञ्जित खरेल, विधायक जीटी ढुंगेल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement