डा. राजीव विश्व सम्मानित
मालबजारः डिपार्टमेन्ट अफ पब्लिक एडुकेशन एक्सटेन्सन एन्ड लाइवेरी सर्विस पश्चिम बंगाल सरकारद्वारा मालबजार स्थित आदर्श विद्या भवन मैदानमा आयोजित ३५औँ जलपाइगढी जिल्ला पुस्तक मेलाको आज अन्तिम दिन। हिज पुस्तक मेलामा डुवर्स नेपाली साहित्य विकास समितिको संयोजनमा बहुभाषी कवि सम्मेलन कार्यक्रम सम्पन्न भयो। जहॉं बङ्गला, नेपाली, सादरी, राजवंशी,हिन्दी भाषाका कविहरूले कविता पाठ गर्दै वातवरण नै साहित्यमय बनाएको थियो। नेपाली भाषाका कवि चन्दन भट्टराई, हर्कु तामाङ,कुमार छेत्री, प्रशान्ती राई, बिनु राई, उज्याला छेत्री, दुर्गा राई चामलिङ, राजीव विश्वकर्मा, गोपालसिंह विश्व, बङ्गला भाषाका कविहरू शुमना घोष, हिन्दी भाषाका कविहरू केवल शर्मा, दिलिप चौरसिया, प्रकाश चन्द्र शर्मा राजवंशी भाषाका कवि जगदिश अशोर, जगदिश राय, डा रतन राय, सादरी भाषाका कवि रामकुमार राणा आदिले कविता पाठ गरेका थिए। डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्ण श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रममा मुख्य अतिथिको रुपमा वरिष्ठ साहित्यकार गोपालसिंह विश्व,जगदीश अशोर,वरिष्ठ शिक्षक असिताभो बोस,माल परिमल मित्र स्मृति महाविद्यालयका प्राध्यापक डा.राजीव विश्वकर्मा,समालोचक मननारायण प्रधान, रूपेश शर्मा, साहित्यकार शंकर प्रधान आदिको उपस्थिति रहेको थियो।

कार्यक्रममा भर्खरै डुवर्सबाट विद्यावारिधि उपाधि प्राप्त गरेकोमा डा राजीव विश्वलाई बधाई दिँदै डुवर्स नेपाली साहित्य विकास समितिले अभिनन्दन-पत्र प्रदान गरी सम्मान जनाएको थियो। डुवर्स नेपाली साहित्य विकास समितिका मूल सचिव रबीन खवासले भने, डा राजीव विश्वले हालैमा विद्यावारिधि उपाधि प्राप्त गरेको थियो। तिनको उपलब्धीप्रति हामी धेरै खुशी छौँ। शिक्षा र साहित्य क्षेत्रमा तिनले आगामी दिनहरूमा धेरै राम्रो कार्यहरू गर्नेछन् भन्ने आशा पनि सॉंचेका छौँ। तिनी एकजना असल कवि साथै समालोचक पनि हुन्। आज तिनलाई सम्मान जनाउन पाउँदा हामी धेरै खुशी छौँ। कार्यक्रम सफल भएको विषयमा तिनले भने, बहुभाषी कवि सम्मेलन धेरै राम्रो र प्रभावकारी रह्यो। कार्यक्रमको निम्ति माल नगरपालिका चियरम्यान सपन शाह साथै आयोजक समितिलाई तिनले विशेष धन्यवाद दिएका छन् भने वरिष्ठ पत्रकार राजेन प्रधानलाई पनि धन्यवाद जनाएका छन्। निबन्धकार अजय खड्का र ममता प्रधानले सञ्चालन गरेको कार्यक्रममा उपस्थित कविहरूलाई पुस्तक मेला आयोजक समितिले सम्मान पनि जनाएको थियो।