भाजपा सिक्किमले चाँडै शुरु गर्ने विकसित भारत सङ्कल्प यात्रा

n5680296721703345296053778428016a179f581010fc9946906f4dc4884010c4fca8a96041ea1e84d342f3.jpg

गान्तोक: भारतीय जनता पार्टी सिक्किमले केन्द्र सरकारका विभिन्न कल्याणकारी योजना सिक्किममा सठीक ढङ्गमा लागू नभएका भन्दै योजनाको प्रचार-प्रसार र जनतालाई प्रत्यक्ष सुविधा दिलाउन सिक्किममा विकसित भारत सङ्कल्प यात्रा शुरु गर्ने बताएको छ।

आज गान्तोकमा पत्रकार सम्मेलन आयोजन गरेर भाजपा सिक्किमले मोदी ग्यारेन्टीलाई जन-जनमा पऱ्याउने बताएको हो।

केन्द्रिय योजनाको प्रसार प्रसार र गाउँ-गाउँमा पुगेर मोदी ग्यारेन्टीको जनतालाई फाइदा दिलाउन आगामी जनवरी महिनाको पहिलो हप्तादेखि भाजपा सिक्किमले विकसित भारत सङ्कल्प यात्रा शुरु गर्ने प्रवक्ता डीआर गिरीले जानकारी दिएका छन्। केन्द्र सरकारले शुरु गरेका जनकल्याणका योजनाको सहि फाइदा जनतासम्म पुगे सिक्किमका मानिसहरू आत्मनिर्भर बन्ने प्रवक्ता गिरीले दाबी गरे।

देशका किसानहरूलाई सम्मान र सहयोग दिनका लागि केन्द्र सरकारले किसान सम्मान निधी योजना लागू गरेको जानकारी दिंदै प्रवक्ता डा. मिरा अङ्मो भोटियाले यस योजनामा धनराशि बडाउनुपर्ने माग गरिन्। उनले राज्य सरकारद्वारा किसानहरूलाई विभिन्न फसल, दुध र पशुपालन क्षेत्रमा दिइने गरेका प्रोत्साहन योजनाको धनराशि पनि बढाइनुपर्छ भन्ने माग गरेकी छिन्। प्रवक्ता जिग्मी लाचुङ्पाले ४ अक्टोबरको टिस्टा त्रसादीलाई मानव सिर्जित आपदा ठहर गर्दै पूर्व र वर्तमान सरकारको कारण धेरै मानिसहरूले यातना सहनु परेको बताए। उनले टिस्टा त्रसादीलाई विकास नीतिको असफलता बताए भने पीडितहरूलाई सही ढङ्गामा पुनर्वास गराउनुपर्ने माग गरे।

भाजपा सिक्किमका प्रवक्ता डा. कमल अधिकारीले सिक्किम विधानसभामा लिम्बू-तामाङ समुदायको सीट आरक्षण र १२ जातिको जनजाति मान्यता मामिलालाई क्षेत्रीय पार्टीहरूले चुनाउ आएपछि मात्र प्रचार गर्ने गरेका तर समाधानका लागि कुनै ठोष पहल नगरेका आरोप लगाए।

हालै मुख्यमन्त्री पिएस गोलेको नेतृत्वमा 12 जातगोष्ठिका प्रतिनिधि र लिम्बू-तामाङ समुदायका प्रतिनिधिले दिल्लीमा गएर फोटो सेसन मात्र गरेर फर्किएका आरोप लगाए। यी मुद्दामा केन्द्रिय मन्त्रीहरूलाई भेटेर गरिएका पहलबारे सरकार र प्रतिनिधि टोली कोहीबाट पनि जनतालाई आधिकारीक सम्बोधन नभएको बताउँदै प्रतिनिधि टोलीको दिल्ली भ्रमणको नतिजा के भयो त्यो सार्वजिक हुनुपर्छ भन्ने माग गरेका छन्।

About Author

Advertisement