प्रेस क्लब अफ् सिक्किमको चुनाउ १० जनवरी २०२४ मा हुने

IMG-20231223-WA0270.jpg

गान्तोक: प्रेस क्लब अफ् सिक्किमको नयाँ कार्यकारी समिति गठनका लागि आगामी १० जनवरी, २०२४ मा चुनाउ हुने तय भएको छ। निवर्तमान कार्यकारी समितिलाई आज २३ दिसम्बर, २०२३ मा विघटन गरिएको छ।

चुनाउका लागि आफ्नो सदस्यता नवीकरण गराउन चाहनेहरूका लागि ३१ दिसम्बरसम्मको मिति तय गरिएको छ।

आज बसेको प्रेस क्लब अफ् सिक्किमको आम सभाले १० जवनरीमा नयाँ समिति गठनका लागि चुनाउ गराउने निर्णय लिएको हो। प्रेस क्लब अफ् सिक्किम अध्यक्ष शेखर खवासको अध्यक्षतामा आज बसेको आम सभाले धेरै महत्त्वपूर्ण विषयहरूमा चर्चा गरेपछि आम सहमतिका आधारमा चुनाउ मिति तय गरेको हो। आम सभामा प्रेस क्लब अफ् सिक्किमका महासचिव डिल्लीराम दुलालले दुई वर्षको कार्यकालमा निवर्तमान समितिले गरेका कार्य विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए जसलाई आम सभाले स्वीकति दिएको छ।

क्लबका कोषाध्यक्ष अम्बर गुरुङले प्रेस क्लब अफ् सिक्किमको दुई पछिल्ला वर्षको आय-व्यय विवरण प्रस्तुत गरे। आज पेश गरिएको आय व्यय विवरणका आधारमा नयाँ समिति गठनपछि सबै हिसाब नयाँ समितिलाई जिम्मा दिइनेछ। चुनाउ गराउनका लागि आजको सभाले नयाँ चुनाउ समिति बनाउने निर्णय गरेको छ भने आगामी चुनाउमा सदस्यहरूले एसएमएस भोट गर्न नपाउने, तर पोस्टल ब्यालेटको भने प्रयोग गर्नसक्ने प्रस्ताव पारित गरेको छ।

आम सभामा निवर्तमान अध्यक्ष शेखर खवासले दुई वर्षको कार्यकालको अनुभव साझा गर्दै प्रेस क्लब अफ् सिक्किमको कार्यप्रणालीमा सहयोग पुऱ्याउने सबैप्रति आभार व्यक्त गरे।

About Author

Advertisement