मिरिक: गोर्खा जातिको अस्तित्व संरक्षण र चिन्हारी प्राप्तिको मुद्दालाई कुठाराघात गर्दै जन्म गराईएको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनीतिक पार्टीको आफ्नै अस्तित्व संकटमा परिरहेको वर्तमान अवस्था छ।
उनिहरुको खराब नियत जनताले थाहा पाईसकेको छ। विकासको मोडलमा छल र बलले जीटिएको सत्ता हत्याए पनि सत्ता विकास गर्न असमर्थ बनिरहेको छ।
यसैले बिगत पञ्चायत चुनावमा मिरिकको सचेत जनताले खुल्ला रुपमा भागोप्रमोलाई लत्याएको हुँदा यो चोट स्वीकार्न र खप्न सकिरहेको छैन।
प्रयास लगातार गरिरहेका छन् मिरिकको जनता किन्ने।
आज २२ दिसम्बर मिरिकमा नै जनसभा राखेर बृहत जनसमर्थन भेला नामकरण गरिकन एउटा माइण्ड गेम खेलिएको थियो।
घरि पञ्चायत समिति सदस्य कहाँ, घरि ग्राम पञ्चायत सदस्य कहाँ घरि नेतृत्व कहाँ, घरि कार्यकर्ता कहाँ फकाउने प्रलोभन देखाउँदै बहुत प्रयास गरेका सुनियो।
यतिसम्म कि! एउटा माइण्ड गेम खेलियो फलानो पनि भागोप्रमोलाई समर्थन गर्दैछन्।
ढिस्का पनि दलबलसंगै आउँदैछन् भनेर अफवाह फैलाएर मनोबल टुटाएर छिट्टो तिमीपनि आईहाल भन्ने कुरा गरेको पनि सुनियो।
तश्र मिरिकका जनता सचेत छन् जागरुक छन्। को ईमान्दार छन् को बेईमानी छन् को! राजनीतिक पाखण्डी हुन् सबै थाहा छन्।
यसैले त मिरिकको बृहत् समर्थनको कार्यक्रम फ्लप सो भयो।
भनिन्छ कुनै जातिलाई मास्न पहिले त्यस जातिको भाषा मास्न पर्छ त्यसैले होला गोर्खा बाहुल्य क्षेत्र हाम्रो प्रस्तावित गोर्खाल्याण्ड क्षेत्रमा विस्तारै बंगला भाषाको साइनबोर्डहरु टाँसिरहेको छ बंगाल सरकार।
खोई जीटिएको सत्ता पक्ष (जो गोर्खा हुन्) विरोध जनाएर सबै आफ्नो मातृभाषामा लेखेर टालेको?
यस्ता लाचार छन् सत्ता पक्ष अनि जनताको सुरक्षा कसरी गर्छन्।
हाम्रो अनुरोध छ भागोप्रमोको कार्यकर्ताहरुलाई जुन दल बंगालको कठपुतली छ लाचार छन् त्यहाँ बस्नु आफैलाई दोषी सिद्ध गर्नु बराबर हो।
आउनुहोस् जहाँ ईमानको महत्व छ जहाँ गर्वको साथ अटाईन्छ अनि निर्धक्क जय गोर्खा भन्न आनन्द छन्।
यो आह्वानको साथमा हाम्रो पार्टीको तर्फबाट मिरिकको सम्पुर्ण जनतालाई सम्मान गर्दै आभार ब्यक्त गर्दछौँ।
प्रसान्त लामा
अध्यक्ष मिरिक महकुमा समिति
हाम्रो पार्टी









