हाम्रै माटोमा सुन उम्रन्छ, तर यसको महत्व बुझ्नुपर्छ: अनोस थापा

IMG-20231223-WA0228.jpg

मिरिक: हाम्रै माटोमा सुन,चाँदी, हिरा उम्रन्छ, तर यसको महत्व बुझ्नु जरूरी रहेको छ। उक्त मन्तव्य जीटीएका सूचना एवं सांस्कृतिक विभागका कार्यकारिणी सभासद अनोश थापाले मिरिकमा गोर्खे रैथाने हाटको उद्घाटन समारोहमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा दिएका हुन्। उनले हाल गोर्खे हाटले गर्दा हामी पनि व्यावसायिक हिसाबमा अघि आएको बताए। मिरिकमा गोर्खे रैथाने हाट आयोजना गर्ने आयोजक समितिका सदस्यहरू उमेरले सानो भए तापनि उनीहरूको विचार ठूलो रहेको उनले बताएका छन्। उनले झण्डाको पछि मात्र हिँड्नु उचित होइन, झण्डाले सबै कुरो दिन्छ भन्ने विचारलाई केही पर सारेर अब व्यवसायिक रूपमा पनि अघि आउनु पर्ने बताए। थापाले रिम्बिक फ्रेसका मिग्मा गिर्मी शेर्पाले भोकल फर लोकल भन्ने विचारधारालाई लिएर जुन प्रकारले काम गरे त्यसरी नै वर्तमानमा युवाहरूले हामी पनि व्यवसायिक रूपले सम्पन्न हुनुपर्छ भन्दै हाट शुरू गरेका छन् यसलाई पूर्ण रूपमा समर्थन जनाउँदछौ भने। उनले अब हाम्रो जमीन मलिलो हुनेछ, हामीले पनि जैविक साग सब्जीहरू खान पाउनेछौं भन्दै अब गोर्खाहरू पनि आफ्नै बलबुतामा अघि बड्ने गोर्खे हाटले सन्देश दिनेछ भने। उनले पहाड प्राकृतिक रूपमा धेरै सुन्दर रहेको र पहाडमा धेरै मात्रमा पर्यटकहरू आउने गरेकोले अब सांस्कृतिक पर्यटनलाई पनि अघि लिएर हिड्नु पर्ने बताए। उनले पहाडबाट युवाहरू पलायन हुँदै गइरहेको तर सचेत युवाहरूले शुरू गरेको गोर्खे हाट एक दिन अवश्य पहाडको चुचुरामा पुग्ने बताए। यसबाहेक उनले सम्पूर्ण पहाडवासीलाई गोर्खे हाटलाई साथ अनि सहयोग गरिदिने आह्वान् पनि गरेका छन्।

About Author

Advertisement