दार्जीलिङ प्रेस गिल्डको २३औं स्थापना दिवस सम्पन्न

IMG-20231221-WA0204.jpg

नेता र पत्रकार एकै गाड़ीको दुई चक्का हुन्: अनित थापा

दार्जीलिङ: पत्रकारहरूको साझा संगठन दार्जीलिङ प्रेस गिल्डको २३औं स्थापना दिवस आज दार्जीलिङको गोर्खा दु:ख निवारक सम्मेलन भवनमा सम्पन्न भयो। उक्त कार्यक्रमको अध्यक्षता दार्जीलिङ प्रेस गिल्डको पूर्व अध्यक्ष एंव वरिष्ठ पत्रकार सञ्जय विश्वासले गरेका थिए भने प्रमुख अतिथिको रूपमा जीटीएको प्रमुख कार्यपाल अनित थापा उपस्थित रहेका थिए। अतिथिहरूको बाहुलीबाट धुप द्वीप प्रज्वलन गरी थालिएको कार्यक्रममा कार्यक्रममा दार्जीलिङ प्रेस गिल्डको थिम गीत पत्रकारहरूले प्रस्तुत गरेका थिए।

वरिष्ठ पत्रकार मोहन लामाले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण प्रेस गिल्डको सभापति दिप गजमेरले राखेका थिए। उनले दार्जीलिङ प्रेस गिल्डको इतिहास विषयमा जानकारी गराएका थिए। कार्यक्रममा नमस्ते आईजलको विजेता अमन गुरुङले आफ्नो गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा दार्जीलिङ प्रेस गिल्डको उपलब्धिहरू र कार्यहरू विषयमा सचिव बिनय शंकरले आफ्नो सम्भाषण राखेका थिए। कार्यक्रममा नानीहरूले विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए भने पत्रकारहरूले गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा पत्रकारहरू र राजनैतिक नेताहरू गाडीको दुई चक्काहरू हुन् भन्दै हामी दुवै समाजको लागि केही गर्नलाई निस्केको भनी बताए। उनले हामीले गरेको भूलहरू पत्रकारहरूले देखाई दिएकोले नै हामीले भूल सुधारेर काम गर्छौं भन्दै दार्जीलिङ प्रेस गिल्डको स्थापना दिवसको शुभकामना व्यक्त गरेका छन्।

कार्यक्रममा धन्यवाद ज्ञापन सह सचिव धनराज घिसिङले राखेका थिए भने सभाध्यक्ष वरिष्ठ पत्रकार सञ्जय विश्वासले वक्तव्य राखेका थिए। उक्त स्थापना दिवस विषयमा दार्जीलिङ प्रेस गिल्डको सह सचिव एंव पत्रकार धनराज घिसिङले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement