खरसाङमा भाजयुमोको सभा सम्पन्न

IMG-20231221-WA0211.jpg

खरसाङ: भारतीय जनता युवा मोर्चा दार्जीलिङ जिल्लाको एक सभा खरसाङ भाजपा पार्टी कार्यालयमा सम्पन्न भयो।
विशेष गरी सभामा दार्जीलिङ जिल्ला युवा मोर्चाका नयाँ प्रभारी गुर्पित सलुजालाई स्वागत जनाईयो। आजको सभालाई अशेष राईद्वारा सञ्चालन गरिएको थियो भने जिल्ला महासचिव बिनय प्रसादले स्वागत सम्भाषण राखेका थिए। अब आउने दिनमा भाजपा युवा मोर्चालाई कसरी दह्रिलो बनाउने साथै प्रत्येक मण्डलहरु गठन गर्नेबारे जिल्ला उपाध्यक्ष सुपेन्द्र प्रधानले आफ्नो सम्भाषणमा बताए। त्यसरी नै उपाध्यक्ष सन्दिप लखोटियाद्वारा जति पनि केन्द्र सरकारका प्राप्त हुने केन्द्रीय योजनाहरु छन् ती सबै पहाडमा पनि लागु गराउनु पर्ने विषयमा आफ्नो मत व्यक्त गरेका थिए।
युवा मोर्चालाई सुचारु रुपमा अघि बढाउँदै साथै अहिलेसम्म युवा मोर्चाद्वारा गरिएको कार्यहरु विषय जिल्ला अध्यक्ष निरज राईले बताएका थिए। सभाको अन्त्यमा जिल्लाका नयाँ निर्वाचित प्रभारी गुर्पीत सलुजाद्वारा आफु अब पहाडको प्रत्येक समस्यालाई लिएर कार्य गर्ने वचन दिन्दै केन्द्रद्वारा खेलकूदको निम्ति आउने सहुलियतहरुको पनि अगाडि कुरा बढाने कुरा बताएका छन्।आजको सभामा दार्जीलिङ जिल्लाका विभिन्न क्षेत्रबाट सदस्यहरुको उपस्थिति रहेको थियो।

About Author

Advertisement