सडक संगठनले लचेन र मुन्सिथाङ बीच सडक सञ्जाल सफलतापूर्वक पुनःस्थापित गरे

n56701184617030623138470cbac49af99612317df01dfe7ab79ad1136065fa8461b65efafc017d470c1a08.jpg

गान्तोक: सीमा सडक संगठनको निरन्तर प्रयास साथै कठोर परिश्रमको उत्तर जिल्लाको लाचेनदेखि मुन्सीथाङ जोडने सडक पूर्णरूपमा खोलिएको छ। उल्लेखनीय छ, गत ४ अक्टोबरको राति आएको बाढीले उत्तर जिल्लाको विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याएको थियो, जसमा धेरैवटा पूल र विभिन्न गाउँलाई जोडने सडक सबै ध्वस्त बनाएपछि उक्त गाउँहरू सम्पर्क विहिन बन्न पुगेको थियो। उक्त बाढीको कारण २०-२५ किलोमिटर सम्मको सडक बगाएपछि स्थानीयहरूलाई यातायात गर्न धेरै समस्या उत्पन्न भइरहेको थियो। आज सीम सडक संगठनको निरन्तर प्रयास पछि वाहन आवात जावत गर्न सक्ने सडकको निर्माण भएको छ। सीमा सडक संगठनले शुरूदेखि नै उक्त सडक बनाउनमा दिनरात प्रयास गरेको कारण लगभग दुई महिनापछि आज सडक खोलिएको छ। यसरी नै जङगुमा बेली ब्रीज बनाइसकेको छ भने चुङथाङ र लाचेनमा सेनाले बेली ब्रीज तयार गरिसकेको छ। छुट्टीको दिनमा पनि दोहोरो सिफ्टमा ओभरटाइम काम गरेर सीमा सडक संगठन ले लाचेन र मुन्सिथाङ बीचको हल्का सवारी साधनहरूको लागि सफलतापूर्वक सडक निर्माण गरेको बताइएको छ। पुनर्स्थापित गर्यो। यसरी नै चुङ्थाङ र मुन्सिथाङ बीचको सम्पर्क पुनर्स्थापना गर्नका लागि विभिन्न प्रकारको मशिनको प्रयोग गरिरहेको र काम तिब्र गतिमा अघि बढिरहेको जानकारी गराएको छ। सीमा सडक सङ्गठनका साहसी कार्यकर्ताहरूको नि:स्वार्थ प्रतिबद्धताले सबै पक्षबाट प्रशंसा कमाएको छ भने उत्तर सिक्किममा सम्पर्कको चाँडो पुनर्स्थापनाको लागि सेना सहित सबैमा आशा गरेका छन्।

यस्तो चुनौतीपूर्ण परिस्थितिमा सीमा पनि सडक संगठनले गरेको प्रयास अनुकरणीय रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement