नरबहादुर दाहाल स्मृति पुरस्कार सम्बन्धी सुकनामा चर्चा 

IMG-20231220-WA0186.jpg

सुकना: भारतीय नेपाली साहित्यका एक वरिष्ठ साहित्यकार सुकना निवासी नरबहादुर दाहालको स्मृतिमा नरबहादुर दाहाल स्मृति पुरस्कार प्रदान गरिने निर्णय सुकना साहित्यिक सांस्कृतिक संस्थानले लिएको छ। संस्थानका सभापति सूर्यमणि शर्माको सभापतित्वमा  सम्पन्न भएको सुकना साहित्यिक सांस्कृतिक संस्थानको सभामा उक्त निर्णय लिएका हुन्। सभामा संस्थानका साहित्यिक सचिव मेघनाथ छेत्रीले नरबहादुर दाहाल स्मृति पुरस्कारको प्रस्ताव राखेपछि संस्थानका मूल सचिव जेबी बस्नेत, सह- सचिव खग गुरागाई, युवा संयोजक सागर शर्मा , कोषाध्यक्ष कृष्ण छेत्री, संरक्षिका मीरा राई, लगायत संस्थानका अन्य पदाधिकारीहरू  नवराज छेत्री, दुर्गा शर्मा, घनु शर्मा आदिले यस प्रस्तावलाई समर्थन दिँदै यस सम्बन्धी सभामा निक्कै चर्चा परिचर्चा भएको बताइएको छ। पुरस्कारको नियमावली तथा चयन समिति बारेमा आगामी जनवरी महीनाको पहिलो सप्ताह सभा गरिने निर्णय  लियो। संस्थानले लिएको यस निर्णयप्रति नरबहादुर दाहालका परिवारको पक्षमा युवराज दाहाल, श्रीमती छिरिङ दाहाल र विप्लव दाहालले सराहना गर्दै यथासक्य सहयोग दिने वचन दिएका छन्। नरबहादुर दाहालको जन्मदिन पुण्यतिथि र संस्थानको स्थापना दिवसलाई केन्द्र गरेर प्रत्येक वर्षको सेप्टेम्बर महिनामा उक्त पुरस्कार दिइनुपर्ने कुरोमा सबैले सहमति जनाएका थिए। यस वर्ष  संस्थानको स्थापनाको रजत जयन्ती वर्ष भएकोले यस उपलक्ष्यमा स्मारिका पनि प्रकाशित गरिने विषयमा पनि सभामा चर्चा गरेका थिए।संस्थानको आयोजनामा आगामी २७ दिसम्बरको दिन गिरी जयन्ती सुकनास्थित सार्वजनिक भवनमा गरिने निर्णय पनि लिएका छन्।

About Author

Advertisement