गान्तोक: आगामी २१ दिसम्बरको दिन पालन गरिने १५औं रोलु दिवस तयारीलाई लिएर हाल राज्यको विभिन्न स्थानमा समन्वय सभा सम्पन्न भइरहेको छ। यसै क्रममा आज क्षेत्र विधायक एम प्रसाद शर्माको निर्देश बमोजिम नाम्चेबुङ निर्वाचन क्षेत्रस्थित पार्टी कार्यालयमा एसकेएम सीएलसीको एक समन्वय सभा सम्पन्न भयो। उक्त सभामा पार्टीका सदस्यहरूको पनि धेरै मात्रमा सहभागिता रहेको थियो। उल्लेखनीय छ, वर्ष २००९ मा तत्कालिन सत्तारूढ दल एसडीएफ पार्टीबाट विद्रोह शुरू गरेपछि वर्तमान मुख्यमन्त्री प्रेम सिंह तामाङले रोलु मन्दिरमा पूजा अर्चना गर्दै विद्रोहको शंखघोष गरेका थिए।









