मुख्यमन्त्रीले जनाए मदभगावत एवम महापुराणमा सहभागिता

IMG-20231219-WA0203.jpg

जोरथाङमा सन्ध्या आरती धार्मिकस्थलको निर्माण गर्नेः मुख्यमन्त्री प्रेम सिंह तामाङ

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ अनि धर्मपत्नी कऋष्ण राईले आज जोरथाङको खेल मैदानमा आयोजित नौ दिवसीय श्री श्री अस्त्रोशास्त १०८ श्रीमद भवागत महापुराणा एवम विश्व शान्ति महायज्ञ पूजामा सहभागिता जनाउँदै राज्यबासीको हितमा पूजा अर्चना गरे। यस पूजामा उपस्थित हुन पाउँदा आफैलाई खुशी महसुस भएको उनले बताए। विशेष गरेर सारा सिक्किम र मानव जातिको हितमा आयोजना गरिएको १०८ महापुराणले राज्यमा शान्ति, सुरक्षा र वातावरणलाई टेवा दिँदै हाम्रो सम्वन्धलाई अझ मजबुत बनाउने बताए। यसरी नै गत केही दिन अघि आएको विनाशकारी बाढको चपेटमा परि प्राम गुमाउनेहरूको निम्ति पनि यो पूजा आयोजना गरिएको अवगत गराए। यो भगावत महापुराणले सिक्किमलाई मात्र नभएर विश्वका मानव जातिलाई नै राम्रो होस् भन्ने उद्देश्यले आयोजक समितिले यति ठूलो पूजा आयोजना गरेको जानकारी गराए। सिक्किम दिन प्रतिदिन विभिन्न क्षेत्रमा अघि बढिरहेको बताउँदै आज सबै जाति, धर्मले स्वतन्त्रतरूपमा अघि बढने अवसर पाइरहेको उनले बताए। पहिला पहिला यस प्रकारको कार्यक्रमको आयोजना गर्दै कसैबाट केही आपत्ति आउँछ भन्ने आयोजक समितिमा त्रास रहने गर्थ्यो तर अहिले सबैले स्वतन्त्रतारूपमा यस प्रकारको कार्यक्रम आयोजना गर्ने सरकारले माहौल तयार गरेको मुख्यमन्त्रीले जनाए। यस प्रकारको पूजा आयोजना गर्नाले केही न केही पाउन सक्ने र पण्डितहरूबाट राम्रो ज्ञानको कुरा सिक्ने अवसर पाएको पनि उनले अवगत गराए। मानिस जाति जति नै ठूलो पदमा पुगेता पनि मनको शान्ति छैन् भने उ कहिले पनि सन्तुष्ट हुँदैन् यसर्थ मनको शान्ति पाउनको निम्ति यस प्रकारको पूजा अर्चनामा अंशग्रहण गर्नुपर्ने सुझाउ दिए। धर्मको विषयमा सरकारले कहिले पनि पछि नहटी काम गरिरहेको पनि मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा बताए। जोरथाङको रङ्गित र राम्बाङ नदीको संगमस्थलमा वनारसको जस्तै सन्ध्या आरतीको धार्मिकस्थलको निर्माण गर्ने उनले घोषणा गरे। इगो नराखी काम गरेको खण्ड्मा कहिल्यै पनि दुःख नपाउने उनले बताए। उल्लेखनीय छ गत १३ दिसम्बरदेखि शुरू भएको उक्त पूजाको समापन आगामी २१ दिसम्बरको दिन हुने आयोजक समितिले जानकारी गराएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement