गान्तोक: विद्या भारती प्रचार विभाग र अभिलेखागारको संयुक्त अखिल भारतीय बैठक सम्राट विक्रमादित्य भवन प्रशिक्षण, शैक्षिक अनुसन्धान केन्द्र र प्रान्तीय कार्यालय, उज्जैन (मालवा प्रान्त) मा सम्पन्न भयो।
१६ र १७ दिसम्बर, २०२३ का दिन आयोजित बैठकमा देशभरिका ११ क्षेत्रबाट प्रचार कूल ११५ जनाले भाग लिए, जसमा प्रचार विभागका ८५ र अभिलेखागारका ३० जना सामेल थिए।
राष्ट्रिय स्वयंसेवक संघको अखिल भारतीय सह प्रचार प्रमुख नरेन्द्र ठाकुर र विद्या भारतीको अखिल भारतीय संगठन मन्त्री गोविन्द महन्तले बैठकको उद्घाटन एवं मार्गदर्शन गरेका थिए। यस दुई दिवसीय बैठकमा मिडिया क्षेत्र र अभिलेखागार विद्वतका वरिष्ठजनले मिडिया इकोसिस्टम, सोशियल मिडिया म्यानेजमेन्ट, डक्युमेन्टेशन, मास कम्युनिकेशन, कन्टेन्ट जेनरेशन, प्रिन्ट/इलेक्ट्रोनिक/सोशियल/डिजिटल मिडियाबारे जानकारी प्रदन गरे।
बैठकमा बद्लिॅंदो समय अनुरुप कार्यलाई गति प्रदान गर्न मिडिया जर्नलिज्म र मास कम्युनिकेशन-का सबै प्लेटफर्मबारे जानकारी दिइयो। बैठकमा सिक्किम प्रान्तबाट विद्या भारती सिक्किमका क्षेत्रीय प्रचार प्रमुख, प्रान्त प्रचार प्रमुख र प्रान्त संवाददाताले भाग लिएको जानकारी प्रान्त प्रचार प्रमुख सूर्य धितालले दिएका छन्।











