अयोध्या राम मन्दिरको पुजित कलश आइपुग्यो मिरिक

IMG-20231217-WA0219.jpg

मिरिक: अयोध्याको राम मन्दिरबाट पुजित कलश आज आइतबार आइपुगेको छ। मिरिक सहमेन्दु देवीस्थान मन्दिर व्यवस्थापन समितिका सचिव जीवन छेत्रीले जानकारी गराए अनुसार उक्त कलशलाई मिरिकको कृष्ण नगरदेखि मिरिक बजारको परिक्रमा गराएपछि देवी स्थानमा स्थापना गरिएको छ। उनले पहाडका भक्तजन जो अयोध्यास्थित राम मन्दिरको दर्शन गर्न चाहादा पनि जान नसक्ने अवस्था हुने गरेको र उनीहरूले देवी स्थानमा आएर कलशको दर्शन गर्न सक्ने बताएका छन्। यसरी नै उक्त कलश देशको विभिन्न ठाउँमा पुगिरहेको छ भने यसै क्रममा आइतबार मिरिक पनि आइपुगेको उनले बताएका छन्। उनी अनुसार उक्त कलशको दर्शन गर्नाले अयोध्यास्थित राम मन्दिरको दर्शन गरे सरह हो। यता मिरिकमा भक्तहरूले विभिन्न स्थानहरूमा कलशको दर्शन गरे भने मिरिक घुम्न आएका पर्यटकहरूले पनि कलशको दर्शन गरेको देखियो। दर्शनको क्रममा थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राईको पनि विशेष उपस्थिति रहेको थियो। यसबाहेक श्री रामका भक्तहरूको व्यापक उपस्थिति रहेको थियो।

About Author

Advertisement