गेजिङमा शुरू भयो तीन दिवसीय अन्तरराष्ट्रिय कराँते प्रतियोगिता

IMG-20231217-WA0227.jpg

गान्तोक: गेजिङ जिल्ला अन्तर्गत मानेबुङ देन्ताम समष्ठि अन्तर्गत  हि- ग्राम पञ्चायत बजारको खेल मैदानमा हिजोदेखि तीन दिवसीय अन्तराष्ट्रीय कराँते प्रतियोगिता शुरू भएको छ।

हिजोदेखि शुरू भएको सो प्रतियोगिताको समापन आगामी १८ दिसम्बरको दिन हुने आयोजक समितिले जानकारी गराएको छ।

गेजिङ जिल्ला कराँते एसोसिएशनको पहलमा आयोजित यस प्रतियोगिताको उद्घाटन कार्यक्रममा सांस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियो। शितकालिन विदामा नानीहरूलाई अध्ययनसँगै खेलकूदप्रति पनि चासो प्रोत्साहन दिनको निम्ति यस प्रकारको प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जानकारी गराएको छ।

यसरी गाउँमा नै अन्तरराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नाले ग्रामीण क्षेत्रका प्रतिभाले मञ्च पाउनको साथै राज्य बाहिरबाट आएका खेलाडीहरूबाट केही सिक्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै उक्त प्रतियोगिता आयोजना गरिएको हो। उद्घाटन कार्यक्रममा मुख्यमन्त्रीकी अतिरिक्त राजनीतिक सचिव कविता सापकोटा मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्। उनीसँग सांसद इन्द्र हाङ सुब्बा, सूचना एवम जनसम्पर्क विभागका सल्लाहकार बिरेन्द्र तामलिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

Advertisement