सिक्किम टेनिस बल क्रिकेट संघले नेपालमा आयोजना हुने अन्तराष्ट्रीय प्रतियोगितामा सहभागिता जनाउने

IMG-20231217-WA0229.jpg

गान्तोक: सिक्किमको टेनिस बल क्रिकेट संघको पहलमा आज रम्फू खेल मैदानमा छनोट परीक्षण खेल आयोजना गरियो। यस प्रतियोगितामा राज्यका विभिन्न स्थानबाट खेलाडीहरूले सहभागिता जनाएको संघका सचिव अमिता जी थापाले जानकारी गराएकी छन्।

उनले छनोट भएका उत्कृष्ट १५ खेलाडीले आगामी २९ दिसम्बरदेखि नेपालको पोखरामा हुने अन्तरराष्ट्रिय स्तरको प्रतियोगितामा सिक्किमको प्रतिनिधित्व गर्ने अवसर पाएको बताएकी छन्।

छनौट खेलमा टीमका प्रबन्धक देवकुमार छेत्री र प्रशिक्षक तथा राष्ट्रिय अम्पायर अनमोल मणि गिरीले पनि आफ्नो विचार व्यक्त गरेका थिए। उनले लुकेका प्रतिभाहरुको खोजी गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्न संघका अध्यक्ष निर्मल भट्टराई र सबै सदस्यहरुप्रति कृतज्ञता व्यक्त गरे।

भारतको टेनिस बल क्रिकेट महासंघ आबद्ध र भारत सरकारको खेलकूद तथा युवा मामिला विभागबाट मान्यता प्राप्त सिक्किमको टेनिस बल क्रिकेट संघबाट छनौट भएका १५ खेलाडीले आगामी २८ दिसम्बरको दिन नेपाल प्रस्थान गर्ने भएका छन्। उनीहरु नेपाल युवा खेलकुद विकास मञ्चद्वारा आयोजना हुने टेनिस बल क्रिकेट अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन्।

About Author

Advertisement