साहित्यकार असीत राई स्मृति ग्रन्थलाई लिएर महानदीमा सभा सम्पन्न

IMG-20231217-WA0173.jpg

खरसाङ: भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राई स्मृति ग्रन्थलाई लिएर आज खरसाङ खण्डको महानदीमा सभा सम्पन्न भएको छ। उक्त सभा महानदी हाई स्कूलमा असीत राई स्मृति साहित्यिक मञ्चको अध्यक्ष साहित्यकार ऋषि राईको अध्यक्षता र मञ्चको सचिव दिपक ठटाल ‘जलन’को सञ्चालनमा सम्पन्न भएको छ। सभामा असीत राई स्मृति साहित्यिक मञ्च गठनको उद्देश्य र असीत राई स्मृति ग्रन्थ प्रकाशन विषयमा सचिव दिपक ठटाल जलनले विस्तृत जानकारी गराएका थिए। साहित्यकार असीत राईकै गाउँ महानदीमा गाउँ समाजको प्रतिनिधिहरू र साहित्यकारहरूको उपस्थितिमा सम्पन्न भएको छ। सभामा महानदीको पूर्व शिक्षक सुरज राई, समाजसेवी सूर्यनारायण प्रधान, असीत राईकी बुहारी सुष्मा राई, महानदी समाजको सभापति तारानाथ शर्मा, कुबीर प्रधान, देविका मंग्राती राई, जयप्रकाश लामा, हनोक थापा आदिले वक्तव्य राखेका थिए। सभामा वक्ताहरूले असीत राईको विभिन्न पक्षहरूको उल्लेख गर्दै उनले विभिन्न क्षेत्रहरूमा दिएको योगदानको विषयमा बताउँदै असीत राइ स्मृति ग्रन्थ प्रकाशित गरिने कुरा जनाइएको छ। उक्त स्मृति ग्रन्थ महानदी क्षेत्रमा नै लोकार्पण गरिनु पर्ने, असीत राईको नाममा पुस्तकालय निर्माण, सालिग निर्माण विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा वक्ताहरूले असीत राई स्मृति ग्रन्थ प्रकाशित गरिने विभिन्न विषयमा चर्चा परिचर्चा पनि गरिएको थियो भने उक्त स्मृति ग्रन्थ प्रकाशनमा महानदी क्षेत्रको समाजले पनि सक्दो सहयोग गर्ने वचन बध्दता प्रकट गरेका छन्। सभामा साहित्यकार देवराज मुखिया, दिल थापा, उमेद गोले, तारा छेत्री, मिना राई लामा, उज्वल सेवा, रोजी राई, महेन्द्र छेत्री लगायत अन्यहरू पनि उपस्थित रहेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *