खरसाङ: अयोध्याबाट राम मन्दिरको पुजित कलश तीनधारे, घैयाबारी र महानदी हुँदै खरसाङ अनि दार्जिलिङ गएको छ। राम मन्दिरको पुजित कलश आज एनएच ५५ हुँदै तीनधारे, घैयाबारी हुँदै महानदी आईपुग्दा महानदीमा स्थानीयहरूले स्वागत गरेका छन्। यस अवसरमा अयोध्याबाट ल्याएको एउटा कलश महानदीको एक मन्दिरमा पनि राखिएको जानकारी प्राप्त भएको छ।

यसरी नै उक्त कलश देशको विभिन्न ठाउँमा पुगिरहेको छ भने यसै क्रममा आज महानदी हुँदै खरसाङ पनि आइपुगेको छ। उक्त कलशको दर्शन गर्नाले अयोध्यास्थित राम मन्दिरको दर्शन गरे सरह हो भन्दै स्थानीयहरू र भक्तहरूले विभिन्न स्थानहरूमा कलशको दर्शन गरेका थिए। उक्त कलश यात्रा विषयमा महानदीको स्थानीय जयन्त जैसवालले पत्रकारहरूसित कुराकानी गर्दै उक्त कलश अयोध्याको रीम मन्दिरबाट ल्याइएको र महानदीमा स्थानीयहरूले भव्य स्वागत गरेको जानकारी गराएका छन्।











