रायपुर चिया बगानमा डा. निरञ्जन हलदारद्वारा कम्बल वितरण

IMG-20231217-WA0157.jpg

जलपाईगुडी: डिसेम्बर महिनाको आधा बितिसकेको छ। यससँगै उत्तर बङ्गालमा चिसोले तहसनहस पार्न थालेको छ। विशेषगरी वन बस्ती र चिया बगान जस्ता खुला क्षेत्रमा चिसो बढी महशुस हुने गरेको छ। यस्तो अवस्थामा विपन्न श्रमिक परिवारका सदस्य चिसोले काँप्न थालेका छन्। यो देखेर जलपाईगुडीका एक प्रतिष्ठित डाक्टरले चिसोबाट पीडित चिया मजदुरहरूलाई कम्बल बाँडे। डा. निरञ्जन हलदारले आइतवार जलपाईगुडी जिल्लाको बन्द चिया बगान रायपुर चिया बगानमा सय गरीब परिवारलाई जाडोको समस्याबाट जोगाउन आफ्नै हातले कम्बल बाँडे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement