मिरिकमा क्रिसमस उत्सव पालन

IMG-20231217-WA0154.jpg

मिरिक: अल ख्रीष्टीयन माइनाेरेटी अर्गनाइजेशन केन्द्रीय समिति अनि मिरिक खण्ड समितिकाे आयाेजनामा आज मिरिक गर्डनमा प्री क्रिसमस कार्यक्रमकाे आयाेजना गरियाे। पास्टर राेशन थापाले सञ्चालन गरेकाे कार्यक्रममा अल ख्रीष्टीयन माइनाेरेटी अर्गनाइजेशनका चेयरम्यान शामूएल बाग, उपाध्यक्ष डाक्टर अजय छेत्री, केन्द्रीय महासचिव डानियल रूबेन लगायत धेरै पास्टर अनि स्थानीय मानिसहरूकाे सहभागिता रहेकाे थियाे।

समितिका काेषाध्यक्ष पास्टर अजय प्रधानले स्वागत मन्तव्य पाेखेपछि शुरू भएकाे कार्यक्रममा पाष्टर मिका छेत्रीले प्रभु यीशुकाे जन्म अनि क्रिसमसकाे सुसन्देश प्रचार गरेका थिए। कार्यक्रममा कलाकारहरूले गीत अनि नृत्यहरू प्रस्तुत गरेका थिए भने पास्टर विष्णुकुमार बराइलीले कविता पाठ गरेका थिए।समितिका मिरिक अध्यक्ष किरण घिमिरेले धन्यवाद ज्ञापन गरेकाे कार्यक्रममा प्रभु यीशुकाे जन्मदिनबारे अल ख्रीष्टीयन माइनाेरेटी टअर्गनाइजेशनका चेयरम्यान शामूएल बाग, उपाध्यक्ष डाक्टर अजय छेत्री, केन्द्रीय महासचिव डानियल रूबेन, पास्टर विष्णुकुमार बराइलीले इसाई समुदायले दिसम्बर महिनाभरि क्रिसमस उत्सव पालन गर्ने क्रममा मिरिकमा क्रिसमस उत्सव कार्यक्रम गरिएकाे बताएका छन्।उनीहरूले सबैमा क्रिसमसकाे शुभकामना व्यक्त गर्न पनि उक्त कार्यक्रम गरिएकाे बताएका छन्।

About Author

Advertisement