अलिपुरद्वार: डुवर्सका विभिन्न क्षेत्रमा हात्तीको आक्रमणको घटना दिनप्रतिदिन बढ्दै गएको छ। हात्तीको आक्रमणबाट एक वृद्ध घाइते भएका छन्। घटना कुमारग्राम ब्लकको चेङ्मारी बिटको जङ्गल क्षेत्रमा भएको हो। कुमारग्रामको बिट्टाबारीस्थित आफ्नो घर गएका वृद्धा हात्तीको आक्रमणमा परेको बताइएको छ। ती वृद्धको नाम रवीन्द्र बर्मन रहेको बताइएको छ। उनको शरीरका धेरै भागमा चोट लागेको छ।हिजो साँझ हात्तीको आक्रमणको घटना भएको हो। रवीन्द्र बर्मन सुनकोश नदीमा माछा मार्ने जाल बिछ्याएर फर्कदै थिए। उनलाई चेङ्मारी बीटको जंगलमा हात्तीले आक्रमण गरेको थियो। त्यसपछि उनी जङ्गलमा घाइते भएर बेहोस भए। होश आएपछि उनी जंगलमै बसे। गाई ल्याउदै गर्दा एक युवकको नजर रवीन्द्र वर्मानमा पऱ्यो। खबर पाएलगत्तै रवीन्द्र बर्मनका परिवारका सदस्य र स्थानीयले गएर उद्धार गरी घर ल्याई प्राथमिक उपचार गरेका थिए। यो घटनाले कुमारग्रामको बिट्टीबारी गाउँमा सनसनी फैलाएको छ।









