लिबियामा ६० जनाभन्दा बढी आप्रवासी डुबेको ‘आशङ्का’

n5660529001702802663985f36784a262732cf40a60351c069ee0ee7acbcda4aff56dec9123c240c99d67ac.jpg

लिबियाको तटमा डुबेर ६० जनाभन्दा बढी आप्रवासीको मृत्यु भएको हुनसक्ने अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आईओएम)ले बनाएको छ।घटनामा बच्न सफल भएका आप्रवासीलाई उद्धृत गर्दै उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले “एउटा समुद्री डुङ्गा जुवारा सहरबाट हिँड्दा त्यसमा करिब ८६ जना चढेका थिए” भनेको छ।उसले उच्च छालहरूले डुङ्गालाई बगाएको र बालबालिकासहित ६१ जना आप्रवासी बेपत्ता भएको तथा सम्भवतः उनीहरूको ज्यान गएको हुनसक्ने अनुमान गरेको छ।
भूमध्यसागर पार गरेर युरोप प्रवेश गर्न खोज्ने आप्रवासीहरूको लागि लिबिया मुख्य प्रस्थानबिन्दु हो।
कुन देशका आप्रवासी?
आईओएमको अनुमान अनुसार यो वर्ष मात्र उक्त क्षेत्रलाई पार गर्ने प्रयास गर्दा दुई हजार दुई सयभन्दा बढी मानिस भूमध्यसागरमा डुबेका छन्।
त्यसले गर्दा उक्त समुद्री बाटो विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्गमध्ये एक बन्न पुगेको छ।आईओएमले पछिल्लो घटनामा पर्ने अधिकांश मानिसहरू नाइजिरिया, गाम्बिया र अन्य अफ्रिकी देशका रहेको बताएको समाचार एजेन्सी एएफपीले जनाएको छ।उक्त निकायले बचेका २५ जनालाई लिबियाको हिरासतमा स्थानान्तरण गरिएको र उनीहरूलाई चिकित्सा सहायता दिइएको बताएको छ।
पहिले ट्विटर भनिने एक्समा लेख्दै आईओएमका एकजना प्रवक्ताले यस वर्षको मृत्युको सङ्ख्यालाई “एकदमै उच्च” भनेका छन्।उनले त्यो सङ्ख्याले आप्रवासीहरूको जीवन बचाउन पर्याप्त काम भइरहेको छैन भन्ने देखाउने उनले उल्लेख गरेका छन्।गत जुनमा दक्षिणी ग्रीसमा माछा मार्ने डुङ्गामा चढेका आप्रवासीहरू डुब्दा कम्तीमा ७८ जनाको मृत्यु भएको थियो। उक्त घटनामा अन्य १०० जनाको उद्धार गरिएको थियो।भूमध्यसागर पार गरेर युरोप जानका लागि प्रायः धेरै आप्रवासीहरूलाई उक्त मार्गबाट असुरक्षित रूपमा डुङ्गाहरूमा राखेर लगिएको देखिन्छ।त्यसरी असुरक्षित रूपमा यात्रा गर्नेहरूमध्ये अधिकांशले इटली पुग्ने आशा राखेका हुन्छन्।त्यहाँबाट उनीहरू अन्य युरोपेली देश जान चाहन्छन्।कतिपय आप्रवासीहरू द्वन्द्वका कारण देश छाडेका हुन्छन् भने कतिपयले चाहिँ कामका लागि युरोप जाने सपना देखेका हुन्छन्।
भूमध्यसागरको बाटो किन घातक?
आईओएमका अनुसार आप्रवासीका लागि मध्य भूमध्यसागर संसारकै सबैभन्दा घातक मार्ग हो।प्रायः केही परिष्कृत रबर डिङ्गीजस्ता डुङ्गामार्फत् धेरै मानिसहरूले सागर पार गर्ने प्रयास गर्छन्।त्यसले गर्दा यात्रा झनै जोखिमपूर्ण हुन्छ र घातक हुने सम्भावना बढ्छ।
त्यस्ता डुङ्गाहरू धेरैजसो आपराधिक गिरोह र मानवतस्करहरूले सञ्चालन गर्छन्।मध्य भूमध्यसागरको मार्ग हुँदै युरोप पुग्न खोज्ने आप्रवासीहरूका लागि लिबियाको छेउमा अवस्थित ट्यूनिशिया पनि मुख्य प्रस्थानबिन्दु हो।
त्यहाँ समुद्रमा डुबेर ज्यान गुमाउने मानिसका लाग आरक्षित चिहान पनि छ। तर त्यसले पनि आप्रवासीहरूलाई उक्त बाटो प्रयोग गर्नबाट रोकेको छैन।आईओएमजस्ता संस्थालाई भने अन्य आप्रवासीहरूलाई यी कुराले निरुत्साहित नगर्ने डर छ।उसले सधैँ त्यसबारे चिन्ता व्यक्त गर्दै आएको छ।युरोपेली सीमा र तटरक्षक निकाय फ्रन्टेक्सको विवरणअनुसार सन् २०१५ देखि २०२२ बीचमा झन्डै तीन लाख मानिसहरूलाई त्यहाँबाट उद्धार गरिएको थियो।संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगका अनुसार यो वर्ष ट्युनिशिया र लिबियाबाट एक लाख ५३ हजार भन्दा बढी आप्रवासीहरू इटली पुगेका छन्।शनिवार यूकेका प्रधानमन्त्री ऋषि सुनकले आफ्ना इटली र अल्बेनियाका समकक्षीहरूसँग युरोपमा गैरकानुनी आप्रवासी रोक्ने विषयमा रोममा छलफल गरेका थिए।यसै वर्षको सुरुमा सुनकले इङ्ग्लिस च्यानलमा साना डुङ्गा पार गर्ने कामलाई रोक्ने विषयलाई आफ्नो सरकारको प्रमुख पाँच प्राथमिकताको क्षेत्रका रूपमा घोषणा गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *