नक्सलबारी थानाको पहलमा पाँच किलोमिटर म्याराथान दौड प्रतियोगिताको आयोजना

Capture2-10.png

नक्सलबारी: आगामी २४ दिसम्बरमा सम्पन्न हुने दार्जिलिङ जिल्ला पुलिसको हिल म्याराथानको अंशको रूपमा नक्सलबारी थानाको पहलमा आज पाँच किलोमिटर म्याराथान दौड प्रतियोगिताको आयोजना गरियो। उक्त म्याराथान दौड नक्सलबारीको हडियामोडबाट शुरू गरेर पानीघट्टामोडमा पुगेपछि समापन गरियो। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, नक्सलबारी पञ्चायत समितिका सदस्य पृथ्विस राय एवम् विराज सरकार लगायत नक्सलबारी थानाका अधिकारीहरू उपस्थित थिए। उक्त म्याराथान दौडमा पुलिस, महिला तथा नानीहरूको विभागमा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्ने धावकहरूलाई पुरस्कार प्रदान गरियो। आगामी २४ दिसम्बरको दिन दार्जिलिङ जिल्ला पुलिसको तर्फबाट आयोजित हिल म्याराथान दौडमा सबैले अंश ग्रहण गर्ने पुलिस अधिकारीहरूले अपील पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement