राज्यपालले गरे कॉंशीमा सिक्किम इन्द्रकिल भवनको उद्घाटन

n5659348321702740265530146c6b868f71a451e527a89d9479071abedfdd77934d3503ed12cb36ff677583.jpg

गान्तोक: राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत सन्तहरूको उपस्थितिमा वाराणसीस्थित काँशीमा इन्द्रकील सिक्किम भवनको उद्घाटन गरे।

उक्त भवनमा कूल २२ वटा कोठा रहेका छन् भने सो भवनमा विशेष गरेर राज्यका मानिस गरीबवर्गको निम्ति उपलब्ध गराइने मुख्यमन्त्री तामाङले जानकारी गराए।

भवन उद्घाटन कार्यक्रमपछि पत्रकाहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले राज्यका मानिसहरू कॉंशी घुम्न जाँदा यदि होटल उपलब्ध नभएको खण्डमा सो भवनमा गएर बस्न सक्ने बताए। यस भवनमा बस्नको निम्ति आफ्नो इच्छा शक्तिले पैसा दिनुपर्ने पनि उनले जानकारी गराए। राज्यपालले सो भवनको उद्घाटन गरेपछि राज्यका गरीब मानिसहरूको निम्ति समर्पित गरेका छन्।

उनले विशेष गरेर तीर्थयात्राहरूमा समानतालाई जोड दिँदै भीआईपी कोठा प्रथाहरू हटाउने घोषणा गरे। भवनको संरक्षणमा जोड दिँदै मुख्यमन्त्रीले सामूहिक उत्तरदायित्वको लागि आग्रह गर्दै यसको मर्मतसम्भारका लागि न्यूनतम योगदान हुनु पर्ने विषयमा प्रोत्साहित गरे।

मठका अध्यक्ष स्वामी ओमकारानन्द गिरीजी महाराजले भवन निर्माण र विकासका क्रममा प्राप्त सहयोगका लागि मुख्यमन्त्रीप्रति आभार व्यक्त गरे। यस अवसरमा मन्त्री बीएस पन्त, मन्त्री विष्णु खतिवडा लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement