साकेवा पर्व पालनलाई लिएर ब्लकस्तरीय सभा सम्पन्न

IMG-20231216-WA0156.jpg

गान्तोक: अखिल किरात राई संघको ब्लक स्तरीय समन्वय सभा आज दक्षिण जिल्लाको दलेपमा सम्पन्न भयो। यस वर्ष नाम्चीमा पालन गरिने साकेवा उत्सवलाई भव्यरुपमा पालन गर्नुपर्ने विषयमाथि राभाङला परिक्षेत्रमा रहेको पाँचवटा बल्कलाई लिएर सभा सम्पन्न भयो।

स्थानीय निवासी केबी राईको अध्यक्षतामा सम्पन्न सभामा अखिल किरात राई संघ केन्द्रिय समिति सल्लाहकार डा. बिमल राई, केन्द्रिय उपध्यक्ष मिलन राई, साकेवा समारोह समितिको अध्यक्ष भोजराज राई लगायत अन्यहरूको पनि विशेष उपस्थित रहेको थियो।

उक्त सभामा यस वर्ष नाम्चीमा साकेवा उत्सवलाई विभिन्न कार्यक्रम सहित भव्यरुपमा पालन गर्नुपर्ने विषयमाथि चर्चा परिचर्चा गरियो। साकेवा समारोह समितिको अध्यक्ष भोजराज राईले यस वर्ष नाम्चीमा सम्पन्न हुन लागेको राई जातिको पर्व साकेवालाई भिन्ने प्रकारले भव्यरुपमा पालन गर्नु पर्ने जानकारी दिॅंदै यसमा सबैले एकजुट भएर लागि पर्नु पर्ने आवाहन गरे। सभामा उपध्यक्ष मिलन राई उपध्यक्ष अरुण राई संयोजक उपेन्द्र राई र कमल राईले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement