वर्तमान सरकारले जात जातमा टुक्रिएको समाजलाई जोड्ने काम गऱ्योः मन्त्री सञ्जीत खरेल

IMG-20230410-WA0169-11-300x172-4

गान्तोक: अप्पर आहोमा आयोजित दुई दिवसीय राज्यस्तरीय चासोक तोङनामको समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि मन्त्री सञ्जीत खरेलले वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङलाई आज भोलि राज्यभित्र मात्र नभएर देशका विभिन्न राज्यमा आयोजित कार्यक्रममा निमन्त्रणा हुने गरेको बताए।

मुख्यमन्त्री हाल वनारसमा रहे तापनि उनको मन सिक्किममा नै रहेको उनले बताए।

एसकेएम पार्टी सरकारमा आएपछि जातिय पर्व राज्यभरि नै भव्यरूपमा पालन गरिन थालिएको मन्त्री खरेल दावी गरे। विगतको सरकारले विभिन्न जातमा टुक्राएको समाजलाई वर्तमान सरकारले एकसुत्रमा बाँध्ने काम गरेकोमा उनले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिँदै आभार प्रकट गरे। हामीले सिक्किमको जातिलाई नटुक्राएर जोड्ने काममा लागिपर्नुपर्ने आग्रह गरे। पूर्खाहरूले मानिल्याएको प्रथालाई यथावत राख्नुपर्ने उनले सुझाउ दिए।

उनले आफ्नो परम्परालाई संरक्षण गर्दै अघि लानुपर्ने विषयमा जोड दिए। एसकेएम पार्टी सरकारमा आएपछि सबै जातिको धरोहर निर्माण गर्नको साथै संरक्षण गर्ने पहल शुरू गरेको किटान गरे। वर्तमान मुख्यमन्त्री गरीबहरूको निम्ति मसीहा भएर काम गरिरहेको जानकारी गराउँदै विशेष गरेर विभिन्न रोगले ग्रसित रोगीहरूको उपचारको खर्च पनि सरकारले नै गरिरहेको अवगत गराए। नामथाङको दुर्घटनामा परि मृत्यु भएका पीडित परिवारको घरमा आफू पहिला पुगेको दावी गर्दै तर विपक्षी दलले क्षेत्र विधायक नगएको र बनभोज खान गएको आरोपको उनले कडारूपमा भत्सर्ना गरे।

राज्यका केही विपक्षी दल सिक्किम बचाउने अभियानमा लागिपरेको छ, तर सिक्किम बाँचीसकेको र एसकेएम पार्टीले बनाउने काम गरिरहेको बताए। एसकेएम पार्टीका अध्यक्ष अथवा मुख्यमन्त्री प्रेमसिंह तामाङले ३५ वर्षसम्म राज्यमा शासन चलाउने पनि किटान गरे। आगामी १५ जनवरीसम्म घर, घरको मरम्म, आमा योजना र नौकरीको निम्ति नियुक्ति पत्र वितरण गर्ने पनि घोषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement