ईडीले बंगाल पुलिससित राशन वितरण मामिलामा समानान्तर जाँच शुरू गर्ने अनुरोध गऱ्यो

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः प्रवर्तन निदेशालय (ईडी) ले शुक्रवार पश्चिम बंगाल पुलिसलाई एक विज्ञप्ती पठाएर राशन वितरण मामिलामा आफ्नो समानान्तर जाँच फेरि शुरू गर्ने अनुरोध गरेको छ। केन्द्रिय एजेन्सीद्वारा राज्य पुलिस महानिदेशक मनोज मालवीयको कार्यालयलाई पठाइएको विज्ञप्तीमा राज्यमा विभिन्न चामल-मिलहरू र आटा-मिलहरू विरूद्ध प्रस्तावित समानान्तर जाँचको सुझाउ दिइएको छ।

ईडीले आफ्नो विज्ञप्तीमा केन्द्रिय एजेन्सीका अधिकारीहरूसित उपलब्ध आवश्यक जानकारीका साथै राज्य पुलिसलाई सबै आवश्यक सहायताको आश्वासन पनि दिएको छ। घटनाक्रमसित अवगत सूत्रहरू अनुसार, ईडीको जाँचको परिधि कथित घोटालामा केवल मनी लन्ड्रिङ पहलूसम्म नै समीति छ यसैले उसका अधिकारीहरूको निम्ति यी राइस-मिलहरू र आटा-मिलहूरसित सम्बन्धित ठूला साठगाठको जाँच गर्नु सम्भव छैन।

सूत्रहरू अनुसार, विज्ञप्तीमा केन्द्रिय एजेन्सीले यो पनि बताएको छ, राशन वितरण मामिलाको शिकायतहरू २०२० देखि अघि आइरहेका थिए र यदि त्यस समय राज्य पुलिसद्वारा समयमा उपाय गरिएको भए अनियमितताहरूको धेरै स्तरसम्म कम हुनेथियो। ईडीले यस हप्ता राशन वितरण मामिलामा आफ्नो पहिलो चार्जशीट दर्ता गऱ्यो, जहाँ उसले पश्चिम बंगालका मन्त्री ज्योतिप्रिय मल्लिक र कोलकातास्थित व्यवसायी बाकिबुर रहमानलाई मामिलामा मास्टरमाइन्डको रूपमा नामित गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement