संसद हमलामा तृणमूलको गहिरो संलिप्तता, ममता मौन किन- भाजपा

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः संसदको सुरक्षामा चूक लगाउने आतोपितहरूमध्ये एक ललित झाको तृणमूल कांग्रेसका धेरै नेताहरूसित फोटो भाइरल भएपछि भाजपा ममता ब्यानर्जीमाथि हमलावर भएको छ। बंगाल भाजपाको तर्फबाट शुक्रवार अपराह्नको समय माइक्रो ब्लगिङ साइट एक्समा एउटा पोस्ट गरी ममतासित यस मामिलामा स्पष्टीकरण दिने माग गरिएको छ। भाजपाले लेख्यो, संसदमा सुरक्षा उल्लङ्घन मामिलामा ललित झा सहित धेरै गिरफ्तारीहरू गरिएको छ।

यद्यपि, तृणमूल विधायक तापस रोय, तृणमूल यूथ कांग्रेस महासचिव सौम्या बख्शी र तृणमूल नेता राजेश शुक्लाको साथ ललित झाको फोटोहरूले एक चिन्ताजनक सम्बन्धको संकेत दिँदछ। यी फोटोहरूले संसदको सुरक्षा उल्लङ्घनमा तृणमूलको गहिरो संलिप्तताको संकेत दिँदछ। यस मामिलामा ममता मौन किन छिन् ? उनी मौन रहनुको पछाड़ी कुनै कारण हुनसक्छ?

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement