बोधगया पुगे तिब्बती धर्मगुरू दलाई लामा

9dbb0c2162b0742d3d9b090c9a2f36e41702619020037169_original.jpg

पटना: तिब्बती धर्मगुरू दलाई लामा शुक्रवार स्पेशल फ्लाइट मार्फत बोधगया पुगेका छन्। सड़क मार्ग भएर गुज्रिरहेको समयमा उनलाई व्यापक मात्रामा उपस्थित मानिसहरूले स्वागत जनाए।

बोधगयाको तिब्बती मन्दिरमा दलाई लामाले लगभग एक महिना प्रवास गर्नेछन् र यस अवधि उनले विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन्।

धर्मगुरू दलाई लामाको बोधगया आगमनलाई मध्यनजर गर्दै सुरक्षाको कठोर बन्दोबस्त गरिएको छ। गया एयरपोर्टदेखि लिएर बोधगयासम्मका कुना-कुनामा पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ। बौद्ध गुरूको प्रवचन सुन्नका लागि दर्जनौं मानिसहरू बोधगया पुगेका छन्।

दलाई लामा आगामी २० दिसम्बरमा महाबोधि संस्कृति केन्द्रमा आयोजना भइरहेको कार्यक्रममा सामेल हुनेछन् जसमा ३० वटा देशहरूबाट हजारौंको संख्यामा श्रद्धालुहरूले भाग लिरहेका छन्। यस अवधि दलाई लामाको टीचिङ्ग कार्यक्रम पनि सम्पन्न हुनेछ। बोधगयाको कालचक्र मैदानमा आगामी २९, ३० र ३१ दिसम्बरमा सो कार्यक्रम आयोजना हुनेछ। बिहारका मुख्यमन्त्री नीतीश कुमार कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहनेछन्। कार्यक्रमलाई केन्द्र गरेर कालचक्र मैदानको सुरक्षा व्यवस्था पुख्ता गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement