महिलालाई निर्वस्त्र गरी हातपात गरेको घटना

Crime-Against-Women-1140x570.webp

राष्ट्रिय महिला आयोगले संज्ञान लियो

कर्णाटक: कर्णाटकमा एक ४२ वर्षीया महिलालाई निर्वस्त्र बनाई बिजुलीको खाँबोमा बाँधेको घटनामा राष्ट्रिय महिला आयोग (एनसीडबल्यू)-ले संज्ञान लिएको छ। आयोगकी अध्यक्ष रेखा शर्माले शुक्रवार उक्त घटनामाथि गहिरो चिन्ता व्यक्त गर्दै यसको निन्दा गरिन्।

रेखा शर्माले आयोगकी सदस्य डेलिना खोङ्गडुपको नेतृत्वमा टीम गठन गरेकी छन्। उक्त टीमले घटनास्थलमा पुगेर जाँच गरी रिपोर्ट तयार गर्नएछ। यो टीम आज नै कर्णाटक तर्फ प्रस्थान हुनेछ। आयोगले पुलिस महानिदेशक (डीजीपी)-सित आगामी १७ दिसम्बरसम्ममा कारबाही रिपोर्ट प्रस्तुत गर्ने आग्रह गरेको छ।

उल्लेखनीय छ, गत १० दिसम्बरमा बेलगावी जिल्लामा उक्त महिलालाई उसको छोराले गाउँकै कुनै युवतीलाई लिएर भागेको कारणले नग्न बनाएर घुमाइयो अनि बिजुलीको खम्बामा बाँधेर महिलामाथि कुटपिट गरियो। त्यसपछि महिलाको घरमा आगो लगाइदियो। पुलिसले यस घटनामा अहिलेसम्ममा सातजना मानिसहरूलाई पक्राउ गरिसकेको छ।

About Author

Advertisement