पोक्सो एक्टबाट जमानत पाएपछि आफू निर्दोष रहेको ६६ बर्षीय मनिकुमार दर्जीको दाबी

1e2c5624-8af2-4813-bc89-6f9d560bf3f4

कालचिनीः गत मई महीनामा एकजना नाबालिकालाई गर्भवती बनाएको मामिलामा पक्रा परेका ६६ बर्षीय वृद्धा मनिकुमार दर्जीलाई लगभग ७ महीनाको जेल सजायपछि जमानतमा छोड़िएको छ। १४ बर्षीय नाबालिका गर्भवती भएको थाह पाउँदा नाबालिकाको परिवारले ६६ बर्षीय टोटो चालक मनिकुमार दर्जीलाई आरोप लगाउँदै पुलिसलाई उजुरी दिएको थियो।
पुलिसले उजुरीको आधारमा वृद्धा मनिकुमार दर्जीलाई पक्राउ गरेपछि पोक्सो ६ एक्टमा अदालतमा पठाएको थियो भने अदालतले तिनलाई जेल पठाएको थियो।
तर यता आरोपी वृद्धाको परिवारले पनि मामिला लड़न पछि हटेका थिएनन्। डीएनए परीक्षण गर्ने निवेदन अदालत समक्ष राखेपछि नाबालिकाले जन्माएको बच्चा र आरोपी वृद्धाको डीएनए परीक्षण गर्दा डीएनए रिपोर्ट नेगेटिभ आउँदा आरोपी वृद्धा मनिकुमार दर्जीलाई अदालतले जमानत दिएका छन्। यता डीएनए परीक्षणमा आफू निर्दोष रहेको वृद्धा मनिकुमार दर्जीले अब असली अपराधीलाई पुलिसले खोजेर सजाय दिनु पर्ने माग गरेका छन्। वृद्धाको अधिवक्ता द्विपायन रायले पनि ६६ बर्षीय वृद्धा मनिकुमार दर्जी र बच्चाका डीएनए टेस्टमा नेगेटिभ रिपोर्ट आएकोले माननीय अदालतले तिनलाई जमानत दिएको जनाएका छन्। यस्तो वृद्धा अवस्थामा पितालाई झुटो आरोप लगाएर पोक्सो एक्ट अन्तर्गत जेलमा हाल्दा परिवारले ठूलो समस्या र समाजबाट तिरस्कार सहन गर्न परेको तर डीएनए परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएकोले पिताले जमानत पाउँदा खुसी लागेको वृद्धा मनिकुमार दर्जीको छोरो गौतम दर्जीले जनाएका छन्। यता ७ महीना जेल झेलेर घर आएको वृद्धा मनिकुमार दर्जीले आफूले दोष नगरेको तर षड़यन्त्र गरेर फसाएको तर अब अदालतले डीएनए परीक्षण नेगेटिभ आएको आधारमा जमानत दिएको र अब टोटो चलाउन पनि नसक्ने भएकोले घरमा नै बस्ने वृद्धा मनिकुमार दर्जीले जनाएका छन्।

About Author

Advertisement