प्रधानमन्त्रीको बारेमा आपत्तिजनक लेख लेखेकोमा सञ्जय राउतमाथि देशद्रोहको मामिला दर्ता

Screenshot_20231212_191831_Chrome.jpg

मुम्बई: प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा आपत्तिजनक लेख लेखेकोमा शिवसेना (यूबीटी)- का नेता सञ्जय राउतविरूद्ध देशद्रोहको मामिला दर्ता गरिएको छ। भारतीय जनता पार्टी (भाजपा)- का यवतमाल जिल्ला संयोजक नितीन भुतडाले उमरखेड़ पुलिस स्टेशनमा गए सोमवार अबेर रात उक्त मामिला दर्ता गराएका थिए।

नितीन भूतड़ाले मङ्गलवार मीडियालाई बताए, सञ्जय राउतले शिवसेनाको मुखपत्रमा प्रधानमन्त्री मोदीलाई बदनाम गर्ने सम्बन्धी लेख लेखेका छन्। उक्त लेखले समाजका भावनाहरूलाई चोट पुऱ्याइरहेको छ। सञ्जय राउत राउतको लेखले समाजमा फुट ल्याउन सक्छ। यसैले उनले यवतमाल जिल्लाको उमरखेड़ पुलिसमा सञ्जय राउतको विरोधमा देशद्रोहको मामिला दर्ता गराएका हुन्।

नितीन भूतड़ाले भने, सञ्जय राउतले जान्दा-जान्दै पनि सदैव यस्तै प्रकारका लेखहरू लेख्ने गर्दछन्, यसैले राउतमाथि कठोर कारबाही हुनुपर्छ। मामिला दर्ता रगाउँदा भाजपा जिल्ला सचिव महेश कालेश्वरकर, अतुल खण्डारे, पवन मेंढे, प्रतीक रूडे, प्रदीप शेरे, विक्की जोशी आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement