राज्यको बक्यौता माग गर्दै मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा केन्द्रमाथि कडा हमला

CM-MamtaBanerjee-1

कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतबार भाजपा नेतृत्वको मोदी सरकारमाथि कडा हमला गर्दै राज्यको बक्यौता केन्द्रले जारी नगरेको दाबी गरिन्रे। उनले दावी गरेअनुसार केन्द्रले पश्चिम बंगाललाई १.१५ लाख करोड रुपियाँ तिर्न बाँकी छ। उनले भनिन्, ‘भाजपा नेतृत्वको एनडीए सरकारले या त कोष जारी गर्नुपर्छ वा कार्यालय खाली गर्नुपर्छl’ मुख्यमन्त्रीले राज्यको बक्यौता माग गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने समय मागेको बताइन्। समाचारअनुसार मुख्यमन्त्री ममता ब्यानर्जीले अलीपुरद्वारमा जनसभालाई सम्बोधन गर्दै भनिन्, ‘बंगालका लागि १.१५ लाख करोड रुपियाँको कोष खोजिनेछl हामी नारा लगाउनेछौं कि पैसा गरिबलाई देऊ या त् चौकी छोडिदेऊl’ सो अवसरमा मुख्यमन्त्रीले ९३ करोडभन्दा बढीको ७० परियोजनाको घोषणा पनि गरिन्। मुख्यमन्त्री भनिन्, ‘म केही सांसदहरूसँग दिल्लीमै बस्नेछुl मैले बक्यौता माग गर्न १८ दिसम्बरदेखि २० दिसम्बरसम्म प्रधानमन्त्रीसँग भेट्ने समय मागेको छु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement