सिलगढ़ीः एनजेपी थाना पुलिसले २८० ग्राम ब्राउन शुगरको साथ एक युवकलाई शनिवार अबेर राति कावाखाली क्षेत्रबाट पक्राउ गरेको छ। पक्रा परेको युवकको नाम अब्दुल रज्जाक फूलबाड़ी निवासी बताइएको छ।
पुलिस सूत्रहरू अनुसार, अब्दुल रज्जाक मालदादेखि ब्राउन शुगर लिएर हिजो राति सिलगढ़ीको कावाशील क्षेत्रमा पुगेको थियो। यसको सूचना पाउनसाथ एनजेपी थाना पुलिसले अभियान चलाएर अब्दल रज्जाकलाई पक्राउ गऱ्यो। तलाशीपछि आरोपित युवकदेखि एनजेपी थाना पुलिसले एउटा कालो रंगको प्लास्टिकबाट २८० ग्राम ब्राउन शुगर जफत गऱ्यो। जसपछि आरोपित युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरी पक्राउ गरियो। एनजेपी थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।










