भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्सद्वारा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस पालन

2e50b5f6-7b9a-4890-91f7-1ab0a0d73915

कालचिनीः आइतबार अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको आयोजनामा डिमा जात्रा मैदानमा मानव अधिकार संरक्षणमाथि सचेतना कार्यक्रम मार्फत मानव अधिकार दिवस पालन गरियो।
यस अवसरमा भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको चेयरम्यान डा. कमल कुजूर लगायत भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको प्रभारी घनस्याम उराँव, भूतपूर्व सैनिक तथा लोथाबारीका समाजसेवी सुकुमार मिञ्ज एवम् अन्यान्यको उपस्थिति रहेको थियो। मूलतः मानव अधिकारको निम्ति सदैव सबै अघि बढ़नु पर्ने र यसको लागि सचेत बन्नु आवश्यक रहेको महत्व बताउन यो शिविर सम्पन्न गरिएको भारत स्काउट्स एण्ड गाइड्स एयर विङ्ग्स डिमा यूनिटको प्रभारी घनस्याम उराँवले थप जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement