ग्रामीण चिकित्सक संघ मदारीहाट खण्डको वार्षिक सभा वीरपाडास्थित देउराली संघको प्रेक्षागृहमा सम्पन्न

4aa428f5-4c58-4253-9134-f6c988358722

बीरपाड़ाः  स्वगन थापाले सञ्चालन गरेको कार्यक्रममा संघका अध्यक्ष अमन छेत्रीले संघको  झण्डा फहराएर साथै आर एम पी ए का संस्थापक नरवन बेथुनको प्रतिकृतिमा संघका सचिव लक्षुमन लिम्बुद्वारा दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए ।  कार्यक्रममा स्वागत मन्तव्य संघका अध्यक्ष अमन छेत्रीले राखेका थिए।  बैठकमा संघका सचिव लक्ष्मण लिम्बुले यस वर्षको प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षले यस वर्षको आय व्ययको विवरण सार्वजनिक गरेका थिए ।  प्रमुख अतिथिहरु मध्ये डा. विश्वजित कुमार पाण्डे,  भोगेन्द्र झा, प्रणव भोमिक,  नुरबक्त बसुमिया,  सञ्जय सरकार आदिले संघको गतिविधि र विकासका लागि आ-आफ्नो विचार राखे ।

 यस वार्षिक बैठकमा अलिपुरद्वार जिल्लाका विभिन्न भागबाट व्यापक संख्यामा ग्रामीण चिकित्सक सदस्यहरू उपस्थित थिए। प्रत्येक गाउँ बस्ती, चियाबारी ग्रामीण क्षेत्रमा प्राथमिक चिकित्सा पुर्याउनु संघको मुख्य कार्य रहेको साथै चिकित्सा सेवाबाट कोही पनि वञ्चित नरहोस् भन्ने उद्देश्यले प्रत्येक क्षेत्रमा ग्रामीण चिकित्सकले सेवा पुर्याइरहेको संघ का सचिव लक्षुमन लिम्बुले बताए।

About Author

Advertisement