‘अग्निपथ’ योजना विरूद्ध आन्दोलन र विरोध प्रदर्शनमा रेलवेलाई २५९.४४ करोड़ रूपियाँको हानी

union-minister-ashwini-vaishnaw_1629203309.webp

नयाँ दिल्ली: ‘अग्निपथ’ योजना विरूद्ध आन्दोलन र विरोध प्रदर्शनको कारणले गर्दा ६२ स्थानमा रेलगाड़ी सेवाहरू प्रभावित भएको थियो। आन्दोलनले भारतीय रेलवेलाई २५९.४४ करोड़ रूपियाँको हानी भएको थियो। रेल मन्त्री अश्विनी वैष्णवले शुक्रवार राज्यसभामा एक प्रश्नको लिखित उत्तरमा यो जानकारी दिए। तिनले जानकारी गराए, अग्निपथ योजना विरूद्ध आन्दोलन र विरोध प्रदर्शनको कारण ६२ स्थानमा रेलगाड़ी सेवाहरू प्रभावित भएका थिए। १५ देखि २३ जूनबीच कूल २१३२ रेलगाड़ीहरूलाई रद्द गरिएको थियो।
उनी अनुसार, आन्दोलनहरूले हुने सार्वजनिक अव्यवस्था अग्निपथ योजना शुरू हुँदा भएको कारण रेलगाड़ी सेवाहरू बाधित हुँदा यात्रीहरूलाई फिर्ता गरिएको धनराशिसित सम्बन्धित आंकड़ा अलगै राखिन्दैन। १४ देखि ३० जूनसम्मको अवधिमा रेलगाड़ीहरू रद्द भएको कारण लगभग १०२.९६ करोड़ रूपियाँको कूल धनराशि फिर्ता गरिएको थियो औं अग्निपथ योजना विरूद्ध आन्दोलनहरूमा रेलवे परिसम्पत्तिहरूको नोकसान अथवा विनाशको कारण २५९.४४ करोड़ रूपियाँको हानि भएको थियो। वैष्णव अनुसार, अग्निपथ योजनाको कारण रद्द गरिएका सबै प्रभावित रेलगाड़ी सेवाहरूलाई बहाल गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement